दशरथचन्दको पहिलो कार्यपालिका बैठक : सदरमुकामको खानेपानी व्यवस्थित गरिने | Khabarhub Khabarhub

दशरथचन्दको पहिलो कार्यपालिका बैठक : सदरमुकामको खानेपानी व्यवस्थित गरिने


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको दशरथचन्द नगरपालिका नगर कार्यपालिकाको पहिलो बैठक आज सम्पन्न भएको छ । बैठकले नगर कार्यपालिकाका विषयगत समितिहरू गठन गरेको छ ।

नगरपालिकाका मेयर पुष्करराज जोशी (लख्खाभाइ)को अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले विषयगत समिति गठन गर्नुका साथै जिल्ला सदरमुकामको खानेपानी व्यवस्थापनका विषयमा निर्णय गरेको छ ।

नगर कार्यपालिकाका विषयगत समिति अन्तरगत सुशासन तथा संस्थागत विकास समिति संयोजकमा हरिदत्त बडू, आर्थिक विकास समिति संयोजकमा जयदत्त पन्त, सामाजिक विकास समिति संयोजकमा मोहनदेव जोशी, पूर्वाधार विकास समिति संयोजकमा आज पाण्डेय, वन वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजकमा भानदेव भट्टलाई चयन गरिएको छ ।

कार्यपालिकाको पहिलो बैठकले जिल्ला सदरमुकामको खानेपानीलाई व्यवस्थित गर्ने निर्णय गरेको छ । नगरपालिकाका वडा नम्बर ४, ५, ६ र ८ मा १२ सय घरधुरीका लागि सञ्चालित बृहत् खानेपानीलाई व्यवस्थित गर्न सुतेगाड मुहानबाट आउने पानी व्यवस्थित गरिने निर्णय भएको छ । उक्त खानेपानी व्यवस्थित गर्न विस्तृत सर्भे डिजाइन तयार गर्ने निर्णय गरिएको हो । यसअघि वडा नम्बर ४ को वडा समिति बैठकले समेत खानेपानी समस्या समाधानको माग गरेको थियो ।

यसका साथै बैठकमा शव वाहन सञ्चालनका विषयमा छलफल भएको छ । यसअघिनै नगरवासीलाई निःशुल्क शव वाहन उपलब्ध गराउने कार्यको सुरुवात गरिसकेको नगरपालिकाले आफ्नै शव वाहन खरिद नगर्दा सम्म जिल्ला अस्पतालसँग समन्वय गर्ने तथा नगरपालिकाको टिप्परको प्रयोग गर्ने जनाएको छ ।

नगरप्रमुख जोशीले नगर बस सञ्चालन, निःशुल्क शव वाहन तथा एम्बुलेन्स सञ्चालन गर्ने प्रतिबद्धता यसअघि नै गरेका थिए ।

Avatar

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ११ : १३ बजे

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट

चितवन निकुञ्ज वरपर चोरीसिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान

चितवन- चितवन राष्ट्रिय निकुञ्जले सम्भावित चोरी सिकारी नियन्त्रणका लागि ‘स्पाई

पाँचखालका ६ हजार परिवारका घरघरमा खानेपानी

काभ्रेपलाञ्चोक- पाँचखाल नगरपालिकाका ६ हजार परिवारको घरघरमा खानेपानी पुर्‍याइएको छ

श्रीमतीको हत्या अभियोगमा पक्राउ

पर्सा– श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा पर्साको जगरनाथपुर गाउँपालिका–४

सिँचाइ कुलो निर्माणसँगै आकासे पानीको निर्भरता हट्यो 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलोमध्ये चारवटा सम्पन्न