पोखराको विकासमा प्रदेश सरकार र महानगर सँगसँगै अगाडि बढ्छ : मुख्यमन्त्री पोखरेल « Khabarhub

पोखराको विकासमा प्रदेश सरकार र महानगर सँगसँगै अगाडि बढ्छ : मुख्यमन्त्री पोखरेल


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समृद्ध पोखरा र समग्र गण्डकी प्रदेशको विकासका लागि प्रदेश सरकार र पोखरा महानगरपालिका एकाकार भएर अघि बढ्नुपर्ने बताएका छन् ।

पोखरा महानगरपालिकामा नवनिर्वाचित पदाधिकारी र कर्मचारीका लागि आज आयोजित नेतृत्व विकास तालिमको उद्घाटन गर्दै उनले पोखरा प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र भएकाले विकासका लागि सँगसगै अगाडि बढ्नुपर्ने बताएका हुन् ।

उनले भने, “पोखरा प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र पनि हो, यस सहरलाई कस्तो बनाउने भनेर प्लानिङ गर्ने हामीहरूले नै हो । पोखरालाई राम्रो बनाएर आउने नेतृत्वलाई सुम्पने यही समूहले हो, सोचौँ कसरी त्यो लक्ष्यलाई पूरा गर्न सकिन्छ ।”

पोखराको सुन्दरता बचाइराख्न र पर्यटक आकर्षणका लागि थप पूर्वाधार निर्माण गर्नुपर्ने मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

पोखरा र गण्डकी प्रदेश हरेक सूचकाङ्कमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसाबमा पछि रहेको उनले बताए ।

उनले  भने, “हाम्रा नीतिनियम कमजोर हुन् या कहाँनेर कमजोरी छ त्यो पत्ता लगाएर आर्थिक गतिविधि बढाउनु पर्नेछ । पोखरा अब प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्र बन्नुपर्छ, पर्यटनमार्फत त्यो सम्भावना छ ।”

फेवातालको मापदण्ड र संरक्षणको विषय जहिल्यै पनि प्रमुख मुद्दाका रुपमा आइरहेको र यसका लागि सर्वोच्चले प्रष्ट आदेश दिइसकेको भन्दै मुख्यमन्त्री पोखरेलले संरक्षणका लागि महानगर र प्रदेश सरकार मिलेरै अगाडि बढ्न जरुरी रहेको बताए ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ११ : ५३ बजे

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ– खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै यात्रा

नवलपरासी– गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।