‘रनिङशिल्ड’ प्रतियोगिताको उपाधि व्यासलाई | Khabarhub Khabarhub

‘रनिङशिल्ड’ प्रतियोगिताको उपाधि व्यासलाई


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि व्यास नगरपालिकाले जितेको छ । प्रतियोगिता शनिबार सुरु भई आइतबार सम्पन्न भएको थियो ।

व्यासले २२ स्वर्ण, १७ रजत र १० कास्य पदक जितेको छ । प्रतियोगिताअन्तर्गत व्यासस्थित सत्यवती माध्यमिक विद्यालयका खेलाडीले छात्रातर्फ सटपुट, ज्यावलिङ थ्रो, छात्रतर्फ लङ जम्प, छात्रातर्फ ट्रिपल जम्प, छात्रतर्फ २०० मिटर, छात्रातर्फ ४०० मिटरमा विजय हासिल गरेका थिए ।

प्रतियोगितामा म्याग्दे गाउँपालिका पाँच स्वर्ण, छ रजत र ११ कास्य पदक जितेर द्वितीय भएको छ । तेस्रो भएको घिरिङ गाउँपालिकाले एक स्वर्ण, तीन रजत र तीन कास्य पदक जितेको खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए ।

प्रतियोगितामा व्यास, शुक्लागण्डकी, भिमाद, भानु नगरपालिका तथा आँबुखैरेनी, देवघाट, म्याग्दे र घिरिङ गाउँपालिकाबाट खेलाडीको सहभागिता थियो ।

प्रतियोगितामा कराँते, एथलेटिक्स, भलिबल, कबड्डीलगायतका खेल सञ्चालन गरिएको थियो । जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरमा प्रतिस्पर्धा गर्नेछन् । प्रदेश खेलकुद परिषद्ले यही असार २३ र २४ गते पोखरामा प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको आयोजना गरेको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १० : ०० बजे

पूर्वाधार विकाससहित दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको दुईवटा संसदीय समितिका बैठक बस्दै

यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युएई सरकार दियो १२० नेपालीलाई आममाफी

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा

भारतका विदेश सचिव मिस्री आज नेपाल आउँदै

काठमाडौं – भारतका विदेश सचिव विक्रम मिस्री आइतबा नेपाल भ्रमणमा

दुई करोडमा राधाकृष्ण मन्दिर निर्माण

बागलुङ – अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन गण्डकी) परियोजनाले बागलुङमा दाताको