प्रतिनिधि सभाको बैठक बस्दै (कार्यसूचीसहित) « Khabarhub

प्रतिनिधि सभाको बैठक बस्दै (कार्यसूचीसहित)


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । संसद् भवन नयाँ वानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकका लागि ८ वटा कार्यसूची तय गरिएको छ।

बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्र पढेर सुनाउने कार्यक्रम छ । त्यसपछि सभाका सचिव गोपालनाथ योगीले विनियोजन विधेयक, आर्थिक ऐन, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक प्रस्तुत गर्नेछन् ।

त्यसैगरी औषधी विधेयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा विधेयक र रेलवे विधेयक टेबल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७७-७८ को नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ ।

कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभद्र पोख्रेलले फौजदारी कसुर तथा कार्यविधि सम्बन्धी संशोधन गर्ने ऐन र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

शिक्षामन्त्री देवेन्द्र पौडेलले स्वास्थ्य तथा शिक्षा समितिको प्रतिवेदन छलफलको लागि प्रस्तुत गर्ने सदनका महासचिव डा भरतराज गौतमले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ८ : ३३ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी