पहिरोको जोखिममा फलेनी बस्ती, त्रासले रातभर जाग्राम | Khabarhub Khabarhub

पहिरोको जोखिममा फलेनी बस्ती, त्रासले रातभर जाग्राम


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- बाढीपहिरोले जिल्लाका विभिन्न स्थानका वडा कार्यालय, विद्यालयदेखि बस्तीसमेत जोखिममा परेका छन् । दोर्दी गाउँपालिका–७ को वडा कार्यालय, महेन्द्र ज्योति प्राथमिक विद्यालय भवन र फलेनी बस्ती जोखिममा परेको स्थानीय निरा घिमिरेले बताइन् ।

निरन्तरकाे वर्षाले पहिरो जान थालेसँगै जोखिम बढेको वडाध्यक्ष रिसमाया गुरुङले बताए । ‘उपल्लो माँझखर्कमा रहेको वडा कार्यालय भवनलाई पहिरोले घेरेको छ ।भवनमाथिकाे सडकबाट खसेकाे पहिरो भित्तैसम्म आइपुगेको छ । भवनको पछाडिको भागसम्म ढुङ्गा मुढा र माटो थुप्रिएको छ । अझै पानी परिरहे भवन नै बगाउने जाेखिम छ’, उनले भने, ‘पहिराेले जताततै लेदो थुपारेको र लेदो फाल्दै कार्यालय सञ्चालन गर्दै आइएका छाैं।’ पहिराले नजिकैको महेन्द्र ज्योति प्राविको भवन पनि जोखिममा पारेको छ। उक्त विद्यालयको कक्षाकोठामै भल पस्ने गरेको वडा कार्यालयले जनाएको छ।

वडाध्यक्ष गुरुङले भने, ‘पहिराे निरन्तर गइरहन्छ, लेदो वडा कार्यालयभित्र छिर्छ सफा गर्दै काम गछौँ ।’ वडा कार्यालयको करिब २० मिटरमाथि सडकबाट आएको पहिरो रोक्न ५ असारमा गाउँपालिकाबाट दुई लाख बजेट ल्याएर तारजालीसहित पर्खाल उठाइएको थियो । तर पहिराले थप क्षति पुर्‍याउनुका साथै अन्य दुई स्थानका सडक बगाएकाे छ ।

पहिराेले बस्तीका १० घर पनि जोखिममा पारेका छन् । यही १ असारमा र त्यसपछि बेला–बेलामा खसिरहेकाे पहिराेले कोषलाल गुरुङ, प्रेम गुरुङलगायतकाे घर जोखिममा परेकाे स्थानीय केशव गुरुङले बताए । उनले भने, ‘बर्खा लागेसँगै राम्रोसँग निदाउँन सकेको छैन । पहिरो आउँछ की भनेर रातभर जाग्राम बस्नुपर्छ । उनी मात्र हाेइन गाउँका अधिकांशको पीडा उस्तै छ । उनीहरूले गाउँपालिकाले आफूहरूलाई सुरक्षित ठाउँमा स्थान्तरण गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १२ : ४२ बजे

निःसन्तान उपचारमा पारदर्शिता र सुरक्षाका लागि स्वास्थ्य मन्त्रालयद्धारा मापदण्ड जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निःसन्तान उपचार (आइभीएफ) सेवालाई व्यवस्थित

मनोहराको सुकुम्बासी बस्तीमा महानगरको डोजरबारे माओवादीनिकट चार जनसंगठनले भने, ‘अमानवीय र जनविरोधी’

काठमाडौं- भक्तपुरको मनोहरास्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको घटनाको

बिक्न छाडे सारङ्गी, सुनिन छाड्यो धुन

दाङ– पछिल्लो समय सारङ्गी बजाएर जीविकोपार्जन गर्ने गन्धर्व समुदायको सङ्ख्या

अर्घा दरबारमा ऐतिहासिक लाखे नाच सम्पन्न

अर्घाखाँची– अर्घाखाँचीको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल अर्घा दरबार तथा

बुद्धले ज्ञान लिएको बोधगयामा ओलीलाई मोदीले स्वागत गर्ने, द्विपक्षीय वार्ता पनि त्यहीँ हुने

काठमाडौं- भारतीय विदेश सचिव विक्रम मिस्रीले आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री