आफ्नो ठाउँमा ल्याण्डफिल नसार्न भरतपोखरीवासीको दबाब | Khabarhub Khabarhub

आफ्नो ठाउँमा ल्याण्डफिल नसार्न भरतपोखरीवासीको दबाब


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा ल्याण्डफिलको तनाव अझै सुल्झिएको छैन । यअसघि पोखरा-१६ र २० को सिमानामा सार्न लागिएकोमा स्थानीयको विरोधपछि महानगरले उक्त निर्णय फिर्ता लियो । १६ चैतको कार्यपालिका बैठकले भरतपोखरीमा ल्याण्डफिल सार्ने निर्णय गर्‍यो । त्यसकै आधारमा महानगरले आगामी वर्षमा संरचना निर्माण गर्न १० करोड छुट्याएको छ ।

तर, स्थानीयले त्यहाँ ल्याण्डफिल सार्न नदिने भन्दै संघर्ष सुरु गरेका छन् । गत शुक्रबार बसेको वडा भेलाले स्थानीयको सहमतिबिना महानगरले ल्याण्डफिल सार्ने निर्णय गरेको भन्दै सच्याउन दबाब दिए । भोलिपल्ट शनिबार सरोकारवालालाई भेला गराएर ल्याण्डफिल सार्दा हुने नोक्सानीबारे जानकारी गराए । त्यसपछि मेयर धनराज आचार्यलाई भेटेर उक्त निर्णय फिर्ता लिन ज्ञापनपत्र दिए ।

वडामा क्रियाशील राजनीतिक दलहरूले मेयर आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङलाई ज्ञापनपत्र बुझाएका हुन् । ‘उक्त क्षेत्रमा फोहोर व्यवस्थापनको निम्ति वातावरणीय अध्ययन, पर्यटन व्यवसायमा पर्ने प्रभाव र स्थानीय जनसमुदायसँग छलफल या परामर्श नगरी हचुवाको भरमा जबर्जस्तरूपमा महानगरपालिकाबाट प्रस्ताव र निर्णय भएको देखिएकोले वडा ३३ वासी र क्रियाशील दलको गम्भीर आपत्ति रहेको छ,’ ज्ञापनपत्रमा भनिएको छ ।

महानगरको निर्णय तत्काल सच्याउनका लागि उनीहरूको माग छ । पोखराको ल्याण्डफिल हाल पोखरा १४, बाच्छेबुडुवामा छ । निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन पूर्व ल्याण्डफिल साइट हटाउनैपर्ने दबाब छ । तर, जग्गा स्थानीयको अवरोधका कारण जहाज उड्ने बेलासम्म महानगरले ल्याण्डफिल सार्न नसक्ने देखिएको छ । आचार्यले भने ल्याण्डफिलका कारण जहाज नउड्ने अवस्था ल्याउन नदिने दाबी गरे ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १२ : ४० बजे

कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै

जुवातास खेल्ने २६ जना पक्राउ

काठमाडौं- जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र चितवनबाट प्रहरीले २६ जनालाई

धुलिखेलको ‘जन्मोत्सव उद्यान’ मा एक हजार बिरुवा रोपिए

काभ्रेपलाञ्चोक – धुलिखेलस्थित ‘जन्मोत्सव उद्यान’ र आसपासका क्षेत्रमा आज विभिन्न

बैंकिङ कसूर गर्ने प्रहरीको नियन्त्रणमा

काठमाडौं- बैंकिङ कसूर मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको

बाढी आउनसक्ने भन्दै जलविद्युत् आयोजनालाई सतर्कता अपनाउन आग्रह

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत् आयोजनालाई