रुपन्देहीमा पेस्तोल र गोलीसहित तीन जना भारतीय पक्राउ « Khabarhub

रुपन्देहीमा पेस्तोल र गोलीसहित तीन जना भारतीय पक्राउ


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– लुम्बिनी सांस्कृतिक नगरपालिका–६ बसपार्कबाट एकथान कटुवा पेस्तोल, सोही पेस्तोलको दुईथान गोली र एकथान चक्कुसहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर बस्ने चिनक भनिने ३४ वर्षीय मेदी हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलि रहेका छन् । 

उनीहरू यूपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकल आएका थिए । शंका लागि इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनीहरूको पिछा गरेको थियो । सोही क्रममा मोटरसाइकलले गोरूलाई ठक्कर दिई दुर्घटना हुँदा उनीहरूको साथबाट उक्त हतियार बरामद भएको हो । 

घाइते भएका उनीहरूको मेडिकल कलेज भैरहवामा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १२ : ५० बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार