वडाध्यक्षको पारिश्रमिकबाटै विद्यालयमा शिक्षक नियुक्त « Khabarhub

वडाध्यक्षको पारिश्रमिकबाटै विद्यालयमा शिक्षक नियुक्त


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँची सन्धिखर्क नगरपालिकाका एक वडा अध्यक्षले आफ्नो पारिश्रमिकबाट तलब दिने गरी सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति गरेका छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष मोहनसिंह ठकुरीले आफूले पाउने पारिश्रमिकबाट तलब पाउने गरी वडाभित्रका दुई विद्यालयमा शिक्षक नियुक्त गरेका हुन् । 

सन्धिखर्क नगरपालिका-१० को धरम्पानीमा रहेको आदर्श आधारभुत विद्यालय र वडा नम्बर १० कै गच्छेगैरामा रहेको अरनिको आधारभुत विद्यालयमा एकएक जना शिक्षक नियुक्त गरेको अध्यक्ष ठकुरीले जानकारी दिए ।

तल्लो कक्षामा अंग्रेजी विषय पढाउनका लागि १२/१२ हजार तलब पाउने गरी दुई जना शिक्षक नियुक्त गरिएको हो । ‘शैक्षिक गुणस्तर बढाउन शिक्षक संख्या कम भएका स्कूलहरूमा शिक्षक नियुक्त गरेका हौँ,’ ठकुरीले भने, ‘मैलै पाउने पारिश्रमिकबाट उहाँहरूले तलब प्राप्त गर्नुहुनेछ ।’

वडामा रहेका सबै स्कुलमा अध्ययनरत कक्षा १ का सबै विद्यार्थीका लागि आफ्नो पारिश्रमिकबाटै किताब, कापी, पेन्सिल जस्ता शैक्षिक सामाग्री हस्तान्तरण गरिएको समेत ठकुरीले जानकारी दिए । यही शैक्षिक सत्रबाट कक्षा १ मा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेकोसमेत उनले जानकारी दिए ।

अंग्रेजी माध्यमको पढाईको सुरुवात गरिएसँगै शिक्षामा केही परिवर्तनको अनुभूति गरिएको ठकुरीको भनाइ छ । सबै विद्यालयहरूमा प्रोजेक्टर र ल्यापटप थपिँदै गरेको बताउँदै ठकुरीले वडाभरि करिब ३५० विद्यार्थीले सामुदायिक विद्यालयमा पढ्ने जानकारी दिए । 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १२ : ५४ बजे

कांग्रेस महाधिवेशनमा आजेदखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद