बंगलादेशमा अविरल वर्षाका कारण आएको बाढीमा परी १ सय २ जनाको मृत्यु « Khabarhub

बंगलादेशमा अविरल वर्षाका कारण आएको बाढीमा परी १ सय २ जनाको मृत्यु


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बंगलादेशमा केही दिनदेखिको निरन्तर वर्षाका कारण आएको बाढीमा परी १ सय २ जनाको मृत्यु भएको छ ।

बंगलादेशी अधिकारीहरुले दिएको जानकारीअनुसार मुलुकका ६४ जिल्ला बाढीका कारण प्रभावित भएका छन् । ती जिल्लामा १०२ जनाको मृत्यु भएको छ ।

अधिकारीहरुका अनुसार मे १७ देखि जुन २८ सम्म बंगलादेशमा देशव्यापी रुपमा वर्षा भएको थियो ।

कतिपय जिल्लाहरुमा पछिल्ला दिनहरुमा पनि बाढीको प्रकोप जारी नै रहेको बताइएको छ । बाढीसँगै बगेर आएका सर्पले डसेर, चट्यांग लागेर र बाढीले बगाएर कैयौँको ज्यान गएको बताइएको छ ।

बंगलादेशका स्वस्थ्य अधिकारीहरुले अहिले पनि कतिपय स्थानमा बाढीको प्रकोप जारी रहेको र ठूलो संख्याका मानिसहरु विस्थापित भएका बताएका छन् ।

बाढी प्रभावितहरुको उद्धार र सहयोगका लागि ठूलो संख्यामा सहायताकर्मी र प्रहरी परिचालन गरिएको बताइएको छ ।
अघिल्लो हप्ताको बाढीले दर्जनौँ स्थानका बाटो बगाइदिएको छ । यसका कारण मानिसहरुलाई कैयौँ जिल्लामा आवत जावत गर्न पनि कठिन भएको पाइएको छ ।

त्यस्तै बिजुली र खानेपानीका संरचनाहरु पनि बाढीले भत्काइदिएको छ । ती संरचना निर्माणको काम भइरहेको अधिकारीहरुले बताएका छन् ।

त्यहाँका प्रकोप व्यवस्थापन सम्बन्धी मन्त्री इनामुर रहमानले सरकारले बाढी पीडितहरुको उद्धार गर्न र भत्किएका संरचनाहरु बनाउनका लागि ठूलो संख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरेको बताएका छन् ।

उनले यस्तो आपतका समयमा सहयोग गर्न सबै नागरिकलाई आग्रह पनि गरेका छन् । बंगलादशेका उत्तरी र उत्तरपूर्वी क्षेत्रका कैयौँ जिल्लामा बाढी आएको हो ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ३ : २६ बजे

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले

सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता) 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको

विजयले सके ‘सिन्दुरे जात्रा’को सुटिङ, बीचमा भएका थिए घाइते

काठमाडौं – नायक विजय बरालले फिल्म ‘सिन्दुरे जात्रा’को सुटिङ पूरा

उत्पादन वृद्धि र नयाँ लगानीमा सरकारले जोड दिएको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन क्षमतामा बृद्धि, व्यवसाय विस्तार