संस्कारसँग वातावरण जोड्ने अभियान | Khabarhub Khabarhub

संस्कारसँग वातावरण जोड्ने अभियान


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा- बागलुङ नगरपालिका क्षेत्रमा हरियाली प्रवर्द्धनका लागि नगरले संस्कारसँग वातावरणलाई जोड्ने अभियान थालेको छ । पितृ कार्य (श्राद्ध) गर्दा प्रत्येक व्यक्तिले आफ्ना पितृको सम्झनामा एक जोडी बिरुवा रोप्नुपर्ने संस्कृतिको विकास गर्न अभियान थालिएको हो ।

आफन्तको सम्झनामा वृक्षारोपण गर्न प्रेरित गर्दा सर्वसाधारणलाई बुझाउन सहज हुने र बिरुवा रोप्ने संस्कारको विकास गर्दा वातावरण जोगाउन सहज हुने भएकाले यो अभियान सुरुआत गर्न थालिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए । “हिजो पितृको सम्झनामा रुख रोप्ने, चौतारी पोखरी बनाउने प्रचलन थियो, अहिले त्यो हरायो”, श्रेष्ठले भने, “हामीले संस्कारलाई वातावरणसँग जोड्न नसकेकाले हिजोको चलन हराएको हो, त्यो वैज्ञानिक चलन थियो भनेर यो कार्यक्रम ल्याएका हौँ ।”

सडक तथा पूर्वाधार निर्माणका क्रममा मासिएका रुखको पुनः स्थापनाका लागि यो कार्यक्रम प्रभावकारी हुने श्रेष्ठको विश्वास छ । “आज सडक बनाउँदा सबैले जङ्गल, चौतारी र पोखरी खोजी खोजी मासे, तर नयाँ बिरुवा लगाउन कसैको ध्यान गएन”, श्रेष्ठ भने, “अब श्राद्ध गर्दा होस् वा स्मृति सभा गर्दा दान गर्ने साटो रुख रोप्ने अभियान चलाउनुपर्छ ।”

नगरपालिकाले गर्ने हरेक क्रियाकलापमा यो अभियानलाई जोड्ने योजना छ । नगर क्षेत्रभित्रका सङ्घसंस्थालाई समेत वातावरणको संरक्षणमा जोड्ने योजना नगरपालिकाले बनाएको छ । ‘एक संस्था एक पार्क’ निर्माण गर्ने कार्यक्रम ल्याइनेछ’, श्रेष्ठ भन्छन्, “सामान्य प्रयासले मात्रै धेरै काम गर्न सकिन्छ ।” वन्यजन्तु र वातावरण संरक्षणलाई सँगै लैजाने योजना बनाएको नगरले सामुदायिक वन विकास कार्यक्रमलाई उत्पादन र रोजगारीसँग जोड्ने भनेको छ ।

कृषि बालीमा हानी पुर्‍याउने बाँदरलगायतका जीवजन्तुलाई प्राकृतिक रुपमा नियन्त्रण गर्न ‘फुड फरेस्ट’ कार्यक्रम सञ्चालन गर्ने योजना नगरले बनाएको छ । बाँदर प्रभावित क्षेत्रमा टिमुर, ओखर, कागती, अदुवा, बेसार, केराखेती, मौरीपालन र पशुपालनलाई प्रवर्द्धन गरिने नगरप्रमुख श्रेष्ठको घोषणा छ ।

नगर क्षेत्रभित्रका महत्त्वपूर्ण तालतलैया, कुवा, पोखरीलगायत प्राकृतिक जलाशयको संरक्षण गरी जलाधार संरक्षणमा सहयोग पुर्‍याउन एक वडा एक पोखरी कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए। वर, पीपल, स्वामीलगायतका वृक्ष र परम्परागत चौतारी, पोखरीको संरक्षण र सम्बर्द्धन गर्ने योजना पनि नगरले अगाडि सारेको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ५ : ५३ बजे

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठकले विधान संशोधन

बीएनपीका नेता भन्छन्– भारतसँग मिलेर काम गर्न तयार छौँ

काठमाडौं– बंगलादेशको बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीका वरिष्ठ नेताले भारतसँग मिलेर

‘घरमै सुरक्षित छैनन् छोरी’

गोरखा – गत असार १४ गते जिल्ला प्रहरी कार्यालयमा एउटा

ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र

गोरखा – गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि

लस एन्जलसमा कारले भीडलाई ठक्कर दिँदा २८ जना घाइते

लस एन्जलस – अमेरिकी राज्य लस एन्जेलसको हलिउडमा शनिबार बिहान