ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ « Khabarhub

ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा – जिल्ला प्रहरी कार्यालय बागलुङले ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । बुटवलबाट बुर्तिबाङको बाटो भई बागलुङ बजार ल्याइएको लागूऔषधसहित प्रहरीले ओसारपसारमा संलग्न रहेको आशङ्कामा चार जनालाई पक्राउ गरेको हो ।

फेनार्गन ९०५ एम्पुल, डाइजापाम ९२४ एम्पुलनुर्फिन ९१७ एम्पुलसहित शङ्कास्पद चार व्यक्ति पक्राउ परेका हुन् । आज दिउँसो बागलुङ नगरपालिका–३ चिप्लेटी बसपार्कमा पार्किङ गरिराखेको लु २ ख ५३१६ नं को बसबाट लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

पक्राउ पर्नेमा पाल्पाको मदनपोखारा–७ का ४५ वर्षीय कृष्णप्रसाद पुरी, बडिगाड गाउँपालिका–२ का ३८ वर्षीय सुरथबहादुर घिमिरे, रूपन्देहीको देवदह नगरपालिका–६ का ३३ वर्षीय लोकबहादुर थापा र दाङ जिल्ला लमही नगरपालिका–६ का २५ वर्षीय रोशन चौधरी रहेका छन् । बसमा यात्रु ओहोरदोहोर गर्ने क्षेत्रमा कमब्याक झोलामा खैरो रङको प्लास्टिक टेपले बाँधेर लुकाइएको अवस्थामा लागूऔषध बरामद भएको थियो । 

सुराकीको आधारमा प्रहरी उक्त बस बुर्तिबाङ प्रवेश गरेदेखिनै पछि लागेको थियो । पार्किङमा रहेको बसमा लागूऔषध बरामद भएपछि उनीहरूलाई सुराकीकै आधारमा पक्राउ गरिएको हो । पछिल्लो समय बागलुङको बाटो भएर लागूऔषधको कारोबार गर्नेहरू बढेको सूचना प्रहरीले पाएको थियो । बरामद भएको लागूऔषध सुरक्षित राखिएको र आरोप लागेकाहरूलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको रानाले बताए । 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ७ : २२ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल