व्यास नगरपालिकाले २४ करोड २९ लाख रुपेयाँ सामाजिक सुरक्षा भत्ता बाँड्ने « Khabarhub

व्यास नगरपालिकाले २४ करोड २९ लाख रुपेयाँ सामाजिक सुरक्षा भत्ता बाँड्ने


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तनहुँको व्यास नगरपालिका कार्यालयले आर्थिक वर्ष ०७८–०७९ का लागि सामाजिक सुरक्षा अन्तर्गत २४ करोड २९ लाख छ हजार ७३६ रुपैयाँ वितरण गर्ने भएको छ ।

नेपाल सरकारले सूचीकृत गरेका सात हजार ६१३ जनालाई उक्त रकम वितरण गर्न लागेको नगरपालिका कार्यालय तनहुँले जनाएको छ ।

त्रैमासिक बजेट निकासा भई सामाजिक सुरक्षा भत्ता वितरणका लागि चौथो किस्तामा नपुग रकम चार करोड २४ लाख ३८ हजार ३३० रुपैयाँ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा माग गरिएको छ ।

ज्येष्ठ नागरिक ७० वर्ष पुगेकालाई चार हजार, लोपोन्मुख आदिवासी जनजाति र पूर्ण अशक्त अपाङ्गतालाई रु तीन हजार ९९० का दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिने प्रावधान रहेको व्यासका पञ्जिकाधिकारी विष्णुकुमार श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी अन्य ज्येष्ठ नागरिक र एकल महिला ६० वर्ष पुगेका, ७० वर्षमुनिका न्यायिक पृथकीकरण, श्रीमान् नभएका, सम्बन्ध विच्छेद गरेका र विधुवा ६० वर्षभन्दा मुनि श्रीमान् बितेकालाई रु दुई हजार ६६० का दरले भत्ता वितरण गर्न लागिएको हो ।

त्यसैगरी, अति अशक्त अपाङ्गता ‘ख’ वर्गका लागि रु दुई हजार १२८, दलित बालबालिकाका लागि रु ५३२ का दरले भत्ता वितरण गरिनेछ । नगरपालिका कार्यालयले आर्थिक वर्ष ०७७र०७८ मा रु २० करोड १७ लाख ४३ हजार ३१५ सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो ।

गतवर्षको तुलनामा यसवर्ष ३३ प्रतिशतले वृद्धि भएको व्यास नगरपालिकाका सूचना अधिकारी एवं आलेप नोडल अधिकृत कुमारकञ्चन जीसीले जानकारी दिए । उनका अनुसार गत वर्ष सात हजार ५६१ जनाले सामाजिक सुरक्षा भत्ता बुझेका थिए ।

मृत्यु हुनेको सङ्ख्याको तुलनामा जन्मदर बढी हुने हुँदा वार्षिक १५ देखि २० प्रतिशतले सामाजिक सुरक्षा भत्ता वृद्धि हुने देखिएको उनले बताए ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ८ : ३६ बजे

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर

सुकुम्वासी परिवारको डिजिटल लगत बनाउँदै सरकार, बैंकमा सहायता रकम हाल्दिने तयारी

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा