प्रतिबन्धित लागूऔषधसहित बागलुङमा चार जना पक्राउ « Khabarhub

प्रतिबन्धित लागूऔषधसहित बागलुङमा चार जना पक्राउ


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय बागलुङले ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । बुटवलबाट बुर्तिबाङको बाटो भई बागलुङ बजार ल्याइएको लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

फेनार्गन ९०५ एम्पुल, डाइजापाम ९२४ एम्पुल र नुर्फिन ९१७ एम्पुलसहित चार जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

सोमबार दिउँसो बागलुङ नगरपालिका–३ चिप्लेटी बसपार्कमा पार्किङ गरिराखेको लु२ख ५३१६ नम्बरको बसबाट लागूऔषधसहित उनीहरूलाई पक्राउ गरिएको बागलुङ प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पाल्पाको मदनपोखारा–७ का ४५ वर्षीय कृष्णप्रसाद पुरी, बडिगाड गाउँपालिका–२ का ३८ वर्षीय सुरथबहादुर घिमिरे, रुपन्देहीको देवदह नगरपालिका–६ का ३३ वर्षीय लोकबहादुर थापा र दाङ जिल्ला लमही नगरपालिका–६ का २५ वर्षीय रोशन चौधरी रहेका छन् ।

पक्राउ परेकाहरूलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ८ : ४७ बजे

वर्षाले खेल रोकिएपछि पञ्जाब र कोलकाताले अंक बाँडे, पञ्जाब शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति कोलकाता नाइट

आज प्रतिनिधि सभाको बैठक : तीन वटा विधेयक प्रस्तुत हुँदै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १

इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८२ साल चैत २४ गते मंगलबार वैशाख