लागूऔषधसहित फर्पिङबाट एक पक्राउ « Khabarhub

लागूऔषधसहित फर्पिङबाट एक पक्राउ


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ नेपाल प्रहरीले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कबाट ५९० एम्पुल लागूऔषधसहित बारा कलैया नगरपालिका–९ का २४ वर्षीय इन्ताज अन्सारीलाई आज पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक निरञ्जन दत्त भट्टले कलैयाबाट काठमाडौँ आउँदै गरेको ना१ज ५९५८ नंको भाडाको टाटा सुमो जाँचका क्रममा लागूऔषधसहित अन्सारीलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले अन्सारीले झोलामा बोकेर ल्याएको डाइजेपाम १९२ एम्पुल, नुर्फिन १९९ एम्पुल, फेनार्गन १९९ एम्पुल बरामद गरेको छ । घटनामा संलग्न अन्सारीलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टले बताए ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १० : ५० बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार