मुख्यमन्त्री राउतद्वारा छोरी शिक्षा बीमामा सहयोग गर्न आग्रह « Khabarhub

मुख्यमन्त्री राउतद्वारा छोरी शिक्षा बीमामा सहयोग गर्न आग्रह


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत पुनः सुरु भएको छोरी शिक्षा बीमा/मुद्दति खाताका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

मुख्यमन्त्री राउतले आज प्रदेशभरिका पालिका प्रमुखहरूलाई पत्र पठाउँदै प्रदेश सरकारले पुनः सुरु गरेको छोरी शिक्षा बीमा/मुद्दति खाता तयार गर्नका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।

मधेस प्रदेशका सबै पालिकालाई पत्रमार्फत मुख्यमन्त्री राउतले यही असार २४ गतेसम्म सङ्कलन गरिने छोरी शिक्षा बीमाको फारम सङ्कलनमा सहयोग गर्न पालिका प्रमुखहरूसँग आग्रह गरेका छन् ।

उनले लेखेको पत्रमा ‘२०७८ माघ १ गतेपछि जन्मिएका प्रदेशभित्रका छोरीको रु तीन लाखको बीमा प्रदेश सरकारले गर्ने भएको हुँदा यही असार २४ गतेभित्र आ–आफ्नो पालिकाका छोरीको फारम भर्न लगाई मधेस प्रदेश शिक्षा विकास निर्देशनालय जनकपुरधाममा पठाई सहयोग गरिदिनु हुन अनुरोध भनी उल्लेख छ ।

मधेस सरकारको लोकप्रिय योजना ‘छोरी शिक्षा बीमा’ कार्यक्रम हिजोबाट पुनः सुरु भएको हो । कोरोना महामारीका कारण विगत दुई वर्षदेखि रोकिएको ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सञ्चालन भएको शिक्षा विकास निर्देशनालय मधेस प्रदेशका शिक्षा निर्देशक चुडामणि फुयालले जानकारी दिए ।

यसअघि प्रभु बैंकसँग सम्झौता गरी छोरीको बीमा गरिँदै आएकामा अब ग्लोबल बैंकसँग सम्झौता गरी छोरी बीमा कार्यक्रम पुनः आजदेखि सुरु गरिएको निर्देशक फुयालले बताए । सम्झौता पत्रमा प्रदेश सरकारका तर्फबाट शिक्षा निर्देशक फुयाल र बैंकका तर्फबाट ग्लोबल बैँकका प्रदेश प्रमुख सुजन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

गत २०७८ माघ १ गतेपछि जन्मिएका छोरीका लागि सुरु गरिएको बीमा, २० वर्षपछि रु तीन लाख दिने गरी प्रतिबीमा रु ३७ हजार ४५७ मधेस सरकारले बैंकलाई प्रिमियम तिर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।

‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालित ‘छोरी शिक्षा बीमा’ गत २०७५ फागुन ९ गते राष्ट्रपति विद्यादेवी भण्डारी शुभारम्भ गरेकी थिइन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ११ : १४ बजे

मध्यरातमा सांसद राजु पाण्डेले फेसबुकमा लेखे- ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक किचलो सतहमा

बजारमा अभाव देखिएपछि बढ्यो ग्यासको आयात

काठमाडौँ – उपत्यकालगायत देशका विभिन्न भागमा केही दिनयता देखिएको खाना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन २४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६