आज २०७९ साल साउन १९ गते बिहीबारको राशिफल « Khabarhub

आज २०७९ साल साउन १९ गते बिहीबारको राशिफल


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज २०७९ साल साउन १९ गते बिहीबार । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईंको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : दिन सामान्य राम्रो छ। खर्च बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो हुनेछ। भूमि सम्बन्धी कारोबारमा ठूलो आम्दानी र मानसम्मान बढ्नेछ।

वृष : बोलीका कारण घाटा हुने भएकाले बोल्दा सचेत हुनुहोला। व्यस्तताले गर्दा मानसिक तनाव बढ्नेछ। गणेश भगवानको स्मरण गरे मन शान्त हुनेछ।

मिथुन : दिन राम्रो छ। आफन्तको सहयोग मिल्नेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। शत्रु बढ्नेछन्। पठनपाठनमा जोशजाँगर बढ्नेछ। प्रेममा धोका हुने भएकाले सचेत हुनुपर्ने देखिन्छ।

कर्कट : काममा सफलता मिल्नेछ। उत्साह बढ्नेछ। शिक्षामा गरेको श्रम लगानीबाट सन्तोष पाइनेछ। जग्गासम्बन्धी कारोबारमा लाभ हुनेछ। अरु सबै क्षेत्र यथास्थितिमा रहनेछ।

सिंह : बोलीमा मिठास रहनेछ। शत्रु बढ्नेछन्। रोगबाट मुक्ति मिल्नेछ। प्रेममा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पाइनेछ।

कन्या : शिक्षा क्षेत्रमा गरेको लगानीबाट निकै उत्साह मिल्नेछ। खर्च बढ्नेछ। रोगको प्रकोप बढ्ने देखिन्छ।

तुला : सामान्य दिन राम्रो छ। स्वास्थ्यमा समस्या आउनेछ। पारिवारिक मेलमिलाप हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। अरु क्षेत्र यथास्थितीमा छ।

वृश्चिक : दिन सामान्य राम्रो छ। समस्याबाट नै समाधान निकाल्नुपर्नेछ। बिहान उठेर सूर्यको दर्शन गर्नुहोला। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

धनु : दिन सामान्य राम्रो छ। मातापिताबाट सहयोग मिल्नेछ। राजनीतिमा शत्रु बढ्नेछ। आर्थिक क्षेत्रमा ठूलो फड्को मिल्ने योग रहेको छ।

मकर : दिन निकै राम्रो छ। बोलीको प्रभाव बढ्नेछ। व्यापार व्यवसायबाट राम्रो फल प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ। प्रेममा सफलता पाइनेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। मनमा उल्लास बढ्नेछ। सामाजिक र धार्मिक क्षेत्रमा मन जानेछ। पठनपाठनमा आलस्य बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहला।

मीन : दिन सामान्य राम्रो छ। सोचेअनुसार काम नबन्दा चिन्ता थपिनेछ। आफन्तबाट अपमान मिल्नेछ। अनावश्यक यात्रामा ननिस्कनु होला। रोगको प्रकोप बढ्ने देखिएको छ।

राशिफलले जे जस्तो भने पनि तपाईंको दिन शुभ रहोस्।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ५ : ४५ बजे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

गण्डकी– नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय

रास्वपाको प्रशिक्षण सूचीमा किन अटाएनन् वरिष्ठ नेता ‘बालेन’ ?

काठमाडौँ– फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल

समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई यही चैत

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ– बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका

हुरीबतासले रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर– उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको