चीनले विश्व नेताहरूलाई ताइवान भ्रमण गर्नबाट रोक्न मिल्दैन : पेलोसी « Khabarhub

चीनले विश्व नेताहरूलाई ताइवान भ्रमण गर्नबाट रोक्न मिल्दैन : पेलोसी


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनले विश्व नेताहरूलाई ताइवान भ्रमण गर्नबाट रोक्न नसक्ने बताएकी छन् । बुधबार स्वशासित टापुको भ्रमण समाप्त गरेपछि पेलोसीले यस्तो धारणा व्यक्त गरेकी हुन् ।

‘दुःखको कुरा चिनियाँ कम्युनिष्ट पार्टीको आपत्तिका कारण हालै विश्व स्वास्थ्य संगठनले विश्वव्यापी बैठकहरूमा ताइवान भाग लिनबाट बन्चित भएको छ’,  पेलोसीले विज्ञप्तिमा भनिन् ।

एसिया भ्रमणका क्रममा मंगलबार पेलोसी ताइवानको भ्रमण गरेकी थिइन् । चीनको विरोध र अन्तर्राष्ट्रिय चासोबीच उनले टापुको भ्रमण गरेकी थिइन् । उनको भ्रमणपछि चीनले ताइवानमाथि थप प्रतिबन्धको घोषणा गरेको छ ।

भ्रमणको विरोधमा चीनको विदेश मन्त्रालयले बेइजिङका लागि अमेरिकी राजदूत निकोलस वन्र्सलाई बोलाएको थियो ।

चिनियाँ उप–विदेश मन्त्री झी फेङले पेलोसीको भ्रमणको प्रकृति ‘दुष्ट’ भएको भन्दै अमेरिकाले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी चेतावनी दिए।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ६ : ४४ बजे

कांग्रेस विशेष महाधिवेशन : मिलाइदिन भृकुटीमण्डप व्यवस्थापन विभागलाई पत्र

काठमाडौं– नेपाली कांग्रेसले विशेष महाधिवेशनका लागि भृकुटीमण्डप परिसरका विभिन्न स्थान

पूर्वगृहमन्त्री लेखकमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं– भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व

आइतबारसम्म सम्झौता नभए आन्दोलन गर्छौं : दुर्गा प्रसाईं

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक

निकोलस भुसाल र हरिश विष्टको जीवनरक्षा गरियोस् : राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौं– विगत १० दिनदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा रहेका डा.

भोटखोलास्थित सीमा स्तम्भ निरीक्षण

किमाथांका – सङ्खुवासभाको जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथांका नाकास्थित