ठूला नदीमा बाढीको सूचना दिने हेरालु परिचालन | Khabarhub Khabarhub

ठूला नदीमा बाढीको सूचना दिने हेरालु परिचालन


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – जिल्लाका प्रमुख नदीमा बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु परिचालन गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार स्थानीय तहहरुले कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा बर्खामा आउने बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु व्यवस्थापन गरेका हुन् । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बर्खायामको अवधिभरका लागि तटीय क्षेत्रमा बाढीको अवस्थाको बारेमा नियमित जानकारी गराउने हेरालु परिचालन गरिएको जानकारी दिए।

‘नदीमा आउने बाढीका कारण तटीय क्षेत्रमा जोखिम हुने भएकाले माथिल्लो क्षेत्रमा हेरालुको व्यवस्था गरेका छौँ’, उनले भने, ‘छवटा स्थानीय तहमा एक/एक जना हेरालु राखेका छौँ ।’ पानी परेको दिन आवश्यकताअनुसार हेरालुले स्थानीय तह, जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल शाखा र जिल्ला आपत्कालीन सञ्चालन केन्द्रमा हेरालुले नदीमा बाढीको अवस्थाको बारेमा जानकारी गराउँदछन् ।

सूचनाको आधारमा नजिकको चौकीबाट घटनास्थलमा तत्कालै प्रहरी खटाउने र आवश्यकता परेको अवस्थामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सेनालाई परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको छ । अन्नपूर्ण गाउँपालिकाले दाना, रघुगङ्गा गाउँपालिकाले चिमखोला, बेनी नगरपालिकाले गलेश्वर, मङ्गला गाउँपालिकाले बाबियाचौर, मालिका गाउँपालिकाले दरवाङ र धौलागिरि गाउँपालिको मुना र मुदीमा हेरालु राखेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ९ : १२ बजे

एकीकृत समाजवादीको महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्न नपाइने

काठमाडौं– नेकपा एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म

सशस्त्र र चिनियाँ प्रहरीको संयुक्त टोलीद्वारा सीमा स्तम्भको अनुगमन 

काठमाडौं– सशस्त्र प्रहरी बल र र चिनियाँ प्रहरीको संयुक्त टोलीले 

बजेटमार्फत अर्थमन्त्रीको सुधार : अवैध व्यापार रोक्न बिजकमा एचएस कोड अनिवार्य 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले भन्सार छली गरी अवैध मार्गबाट भित्रिने

‘सुर्तीजन्य पदार्थबाट लिएको कर स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्छ ’

नारायणगढ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले भरतपुरस्थित बिपी कोइराला मेमोरियल

स्वास्थ्यमन्त्री यादव भन्छन्- स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर छ

चितवन- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले राम्रो काम गर्ने कर्मचारीलाई