जनमत पार्टीले माग्यो- मुख्यमन्त्री राउतको राजीनामा   « Khabarhub

जनमत पार्टीले माग्यो- मुख्यमन्त्री राउतको राजीनामा  


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीले मुख्यमन्त्री राउतको राजीनामा माग गरेका हुन् ।

‘हामीले सुरुदेखि नै भन्दै आएका छौँ बेटी पढाऊ, बेटी बचाउ कार्यक्रममा व्यापक भ्रष्टाचार भएको छ, हाम्रो पार्टीको दबाबले छानबिन प्रक्रिया सुरु भयो,’ सो पार्टीका नेता बिपी साहले साहले भने, ‘अख्तियारले छानबिन गर्दा नै मुख्यमन्त्री राउतले राजीनामा दिनु पर्ने थियो, दिइएन तर अब विशेष अदालतमा मुद्दा नै दायर भएपछि नैतिकताको आधारमा मुख्यमन्त्रीले राजीनामा दिनु पर्छ।’

कर्मचारीलाई मात्र दोष दिएर मुख्यमन्त्री राउत जोगिन खोजेको आरोप जनमत पार्टीको छ।  ‘मुख्यमन्त्री कै नाम जोडिएको कार्यक्रम, मुख्यमन्त्रीकै कार्यालयबाट सञ्चालित कार्यक्रम, मुख्यमन्त्रीकै निर्देशनमा सबै निर्णय हुने कार्यक्रममा मात्र कर्मचारी दोषी छन् भनेर तर्क गर्नु गलत हो, मुख्यमन्त्रीको संलग्नता बिना यत्रो ठूलो भ्रष्टाचार हुनै सक्दैन,’ साहले भने, ‘आफ्नै हातबाट साइकल वितरण गर्ने, फोटो खिचाउने तर कुन ब्राण्डको साइकल वितरण भइरहेको छ भनेर मुख्यमन्त्रीले थाहा नपाउने कुरै भएन ।’

‘मुख्यमन्त्री हुनुभन्दा पहिले लालबाबु राउत बीरगंज महानगरपालिकाको कर्मचारी हुँदा पनि भ्रष्टाचारमा मुछिएका थिए ।’ नेता साहले भने, ‘राजनीतिक दबाब र प्रभावका कारण अख्तियारले मुख्यमन्त्री राउतलाई जोगाउन खोजेको छ। ‘

मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालीन प्रदेश सचिवसहित ८ जनाविरुद्ध बुधबार अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ११ : ०० बजे

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा

अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा !

काठमाडौं– बलिउड अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर लामो समयदेखि

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै