क्यानडामा मंकीपक्सबाट ८९० सङ्क्रमित « Khabarhub

क्यानडामा मंकीपक्सबाट ८९० सङ्क्रमित


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओटावा- क्यानडामा पनि मंकीपक्सका सङ्क्रमितहरु भेटिन थालेका छन् । एक समाचारमा बुधबारसम्ममा यहाँ पनि कम्तीमा ८९० जना मंकीपक्सका सङ्क्रमित पाइएका जनाइएको छ ।

यहाँका स्वास्थ्य संस्थाहरूले तीमध्ये चार सय २३ जना ओन्टारियोमा पाइएका जनाइएको छ । यस सहरमा सुरुदेखि नै मंकीपक्सको सङ्क्रमण बढेको पाइएको थियो ।

क्यानाडाको नेसनल माइक्रोबायोलोजी ल्याबरेटोरीले यस मंकीपक्सको सङ्क्रमणको लगत राखेको र यस सम्बन्धमा अनुसन्धान पनि गरिरहेको जनाएको छ ।

यहाँको सरकारले मंकीपक्सका विरुद्धको कम्तीमा पनि ७० हजार खोप  लगाउन तयार रहेको र ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मी पनि खटाइएको जनाएको छ ।

पछिल्ला केही महिनामा यो मंकीपक्सको सङ्क्रमण विश्वका कैयौँ देशमा पुगेको छ । यसका कारण विश्व स्वास्थ्य सङ्गठनले यसलाई स्वास्थ्य सङ्कटका रुपमा पनि घोषणा गरेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  १२ : ३९ बजे

मिथिला मध्यमा परिक्रमा : सांस्कृतिक सम्बन्धको निरन्तरता

महोत्तरी– मिथिला माध्यमिकी परिक्रमाका यात्री दाेहाेर्‍याएर भारत पुगेका छन् ।

मुस्ताङका दश मतदान केन्द्र संवेदनशील

मुस्ताङ– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

खामेनेई युगको अन्त्य : इरानमा ३७ वर्षपछि ठूलो राजनीतिक शून्यता

तेहरान – अयातुल्ला अली खामेनेईको जन्म १९ अप्रिल १९३९ मा

शुक्लाफाँटा आरक्षका विस्थापित २४ वर्षदेखि पुनःस्थापनाको पर्खाइमा

कञ्चनपुर– हरेक निर्वाचनमा दलहरूको चुनावी एजेन्डा बन्ने गरेको शुक्लाफाँटा आरक्ष

शनिबार बिहानै मारिएका थिए खामेनेई, इजरायलले हानेको थियो ३० वटा बम

तेहरान- इरानको फार्स समाचार एजेन्सीले सर्वोच्च नेताको हत्याबारे थप विवरण