विश्लेषक सुवेदी प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त « Khabarhub

विश्लेषक सुवेदी प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लेखक तथा विश्लेषक अरुणकुमार सुवेदी प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आजको बैठकले सुवेदीलाई राज्यमन्त्री सरह हुने गरी प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री देउवाले अमेरिकाको औपचारिक भ्रमणमा जानुअघि परराष्ट्र सल्लाहकारमा सुवेदीलाई नियुक्त गरेका हुन् । सुवेदी खबरहब डट् कमका नियमित स्तम्भकार तथा विश्लेषक हुन्।

धनकुटाको दुर्गम गाउँ कुरुले टेनुपामा जन्मिएर सुबेदीले हाईस्कुलसम्मको अध्ययन मोरङको मधुमल्लाबाट पुरा गरेका थिए। उनले धरानबाट आइएससी सकेपछि त्रिचन्द्र कलेज र पछि त्रिभुवन विश्वविद्यालयमा रसायन शास्त्रमा स्नातकोत्तर गरेका छन्। विद्यार्थी कालमा नेपाल विद्यार्थी संघमा आबद्ध सुवेदी पञ्चायतमा राजतन्त्र विरोधी आन्दोलनमा सहभागी थिए। पछिल्ला वर्षहरूमा सुवेदी सक्रिय राजनीतिबाट अलग भई व्यवसायी, लेखक तथा विश्लेषकमा रूपमा सक्रिय थिए।

सुवेदीका जल सपना, माया तथा लीला, सपना का गाथाहरू लगायत पुस्तकहरू प्रकाशित छन्। सुवेदीले भूराजनीति र अन्तर्राष्ट्रिय राजनीति, विकास र अर्थतन्त्र, नेपालको छिमेकी देशहरूसँगको सम्बन्ध तथा द्विपक्षीय र बहु सांस्कृतिक गतिशीलता, पूर्वीय दर्शन, नेपालको विकासका सम्भाव्ययता, नेपालको जलस्रोत लगायत विषयहरूमा अध्ययन केन्द्रित गरेका थिए।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ४ : २२ बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक