‘एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई पठाएको पत्र समितिमा पेस गर्नुपर्छ’ « Khabarhub

‘एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई पठाएको पत्र समितिमा पेस गर्नुपर्छ’


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सांसद डा. भीम रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने भनी सरकारले अमेरिकालाई पठाएको पत्र संसदीय समितिमा पेस गर्नुपर्ने बताएका छन्।

सिंहदरबारमा बिहीबार बसेको संघीय संसद अन्तर्गतको मिति राज्यका निर्देशन सिद्धान्त र नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा रावलले एसपीपीमा सहभागी नहुने निर्णय गरेर अमेरिकालाई नै पत्र पठाइसकेको अवस्थामा सरकारले संसदीय समितिमा उक्त पत्र पेस गर्नुपर्ने बताएका हुन् ।

एसपीपी कार्यक्रममा सहभागी नहुने भनी पठाएको पत्र सार्वजनिक गर्न ढिलाइ भएकै कारण सरकार प्रति अविश्वास बढेको उनको भनाइ छ । संसदीय समितिको निर्णय कानूनी शासन मान्ने सरकारले मान्नुपर्ने रावलले बताए । उनले समितिले मागेका कागजात नपठाएर सरकारले समितिको अवमूल्यन गरेको जिकिर गरे।

बैठकमा अन्य सांसदहरुले समितिले दिएको निर्देशन सरकारले कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ४ : ५५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका