‘एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई पठाएको पत्र समितिमा पेस गर्नुपर्छ’ « Khabarhub

‘एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई पठाएको पत्र समितिमा पेस गर्नुपर्छ’


१९ श्रावण २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सांसद डा. भीम रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने भनी सरकारले अमेरिकालाई पठाएको पत्र संसदीय समितिमा पेस गर्नुपर्ने बताएका छन्।

सिंहदरबारमा बिहीबार बसेको संघीय संसद अन्तर्गतको मिति राज्यका निर्देशन सिद्धान्त र नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा रावलले एसपीपीमा सहभागी नहुने निर्णय गरेर अमेरिकालाई नै पत्र पठाइसकेको अवस्थामा सरकारले संसदीय समितिमा उक्त पत्र पेस गर्नुपर्ने बताएका हुन् ।

एसपीपी कार्यक्रममा सहभागी नहुने भनी पठाएको पत्र सार्वजनिक गर्न ढिलाइ भएकै कारण सरकार प्रति अविश्वास बढेको उनको भनाइ छ । संसदीय समितिको निर्णय कानूनी शासन मान्ने सरकारले मान्नुपर्ने रावलले बताए । उनले समितिले मागेका कागजात नपठाएर सरकारले समितिको अवमूल्यन गरेको जिकिर गरे।

बैठकमा अन्य सांसदहरुले समितिले दिएको निर्देशन सरकारले कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ४ : ५५ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य