‘संसद्को कार्यकाल मंसिर २१ गतेसम्म रहन्छ’ « Khabarhub

‘संसद्को कार्यकाल मंसिर २१ गतेसम्म रहन्छ’


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूको कार्यकाल आगामी मंसिर २१ गतेसम्म कायम रहने जनाएको छ ।

निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै संसद्को कार्यकाल मंसिर २१ गतेसम्म रहने जनाएको हो । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले यस विषयमा सरकारलाई सिफारिस गरिसकेको बताएका छन् ।

थपलियाले सरकारलाई आयोगले दिएको ५ पृष्ठको सिफारिसमा पदावधिको विषयमा स्पष्ट रूपमा उल्लेख गरेको बताए । ‘संविधान र कानुनअनुसार निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुने व्यवस्थालाई टेकेर २१ गते पदावधि समाप्त हुने भनी लिखित रूपमा हामीले गरेको सिफारिसलाई सरकारले स्वीकार गरेको ठानेका छौँ,’ उनले भने ।

प्रमुख आयुक्त थपलियाले उम्मेदवारी दिएपछि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूको पद स्वतः सकिनेसमेत बताएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ६ : ०९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन