महिलाको नाममा जग्गा पास गर्दा दुई करोड राजस्व छुट « Khabarhub

महिलाको नाममा जग्गा पास गर्दा दुई करोड राजस्व छुट


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– मालपोत कार्यालय तनहुँमा आर्थिक वर्ष २०७८/०७९ मा महिलाको नाममा जग्गा पास गर्दा दुई करोड ८८ लाख २३ हजार पाँच सय आठ राजस्व छुट भएको छ । मालपोत कार्यालयमा चार हजार दुई सय ५७ महिलाको नाउँमा जग्गा नामसारी गर्दा उक्त राजस्व छुट भएको हो । सहरी क्षेत्रका तीन हजार ११ र ग्रामीण क्षेत्रका एक हजार दुई सय ४५ महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत छुट दिने प्रावधानअनुरूप छुट पाएको कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए । 

त्यसैगरी आर्थिक वर्ष २०७८/७९ मा ग्रामीण र सहरी क्षेत्रका गरी दुई सय २३ दलित तथा ज्येष्ठ नागरिकका नाममा लिखत पास भएको छ । दलित तथा ज्येष्ठ नागरिकका नाममा लिखत पास गर्दा रु ११ लाख २१ हजार दुई सय ११ राजस्व छुट गरिएको उनले बताए । त्यसैगरी मालपोत कार्यालय तनहुँले आर्थिक वर्ष २०७८/७९ मा कूल ४३ करोड २७ लाख ६८ हजार सात सय ४४ राजस्व संकलन गरेको छ ।

कार्यालयले दिएको जानकारीअनुसार राजिनामातर्फ २४ करोड ६५ लाख ४१ हजार नौ सय ५८, धितोतर्फ चार करोड ६१ लाख २५ हजार पाँच सय ३५, पुँजीगत लाभकरतर्फ रु १४ करोड एक लाख एक हजार दुई हजार ५१ राजस्व संकलन गरेको सो कार्यालयले जनाएको छ । मालपोत कार्यालयबाट संकलन भएको राजस्वमध्ये ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत सम्बन्धित स्थानीय पालिकामा पठाइने मालपोत कार्यालय तनहुँका प्रमुख पौडेलले जानकारी दिए । 

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ७ : ५१ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका