भूमिगत जलसंरक्षणका लागि ट्रेञ्च निर्माण « Khabarhub

भूमिगत जलसंरक्षणका लागि ट्रेञ्च निर्माण


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका स्थानीयले भूमिगत जलसंरक्षणका लागि समुच्च खाडल (ट्रेञ्च) निर्माण गरेका छन् ।

सुक्खाग्रस्त क्षेत्र घोषित दुर्छिमका स्थानीयले ताराखसे सामुदायिक वन ब्लक–१, खिरिम्ते सामुदायिक वन, धारापानी निजी वन ब्लक–२ र सारुवा भुइचुङ निजी वनमा बंकरजस्तो देखिने लाम्चो खाल्डो खनेका हुन् । जनसंख्या वृद्धिसँगै पानीको अभाव हुन थालेपछि पानीको श्रोत संरक्षण गर्दै पानीको मात्रा वृद्धिमा टेवा पुर्‍याउने लक्ष्यका साथ चार स्थानमा ४ किलोमिटर लाम्चो खाडल निर्माण गरिएको हो ।

जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजनाको आर्थिक सहयोगमा हाम्रो साना किसान कृषि सहकारी संस्था दुर्छिमले भूमिगत जलसंरक्षणका लागि वर्षाको पानी जम्ने ट्रेञ्च निर्माण गरेको हो ।

सामुदायिक तथा निजी वनमा बारीको गह्रा जस्तै लामो–लामो खाल्डो बनाइएको छ । वर्षाको पानी खाल्डोमा जम्ने र सोसिएपछि तल्लो क्षेत्रका मुहान तथा खोलामा पानी बढ्ने सहकारीका अध्यक्ष मनकुमार राईले बताए ।

जलश्रोतको संरक्षणका लागि दुर्छिमकै धारापानी–१ मुहान र धारापानी–२ मुहानमा कंक्रिट संरचना निर्माण गरिएको छ । धारापानी–३ मुहानमा रिचार्ज पोखरी र राबुको वालिंखा घामपानीमा सिँचाई पोखरी निर्माण गरिएको छ ।

मुहान संरक्षण अन्तरगत खोल्सामा चार वटा चेक ड्याम हालिएको छ । पानी मुहान संरक्षण, समुच्च खाडल निर्माण र संरक्षण पोखरी निर्माणमा १९ लाख खर्च भएको छ । त्यसमध्ये २५ प्रतिशत उपभोक्ता समितिको श्रमदान लागेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  ८ : ३३ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि