घट्यो फलफूल र तरकारीको मूल्य  « Khabarhub

घट्यो फलफूल र तरकारीको मूल्य 


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज अदुवा, काउली, भेडे खुर्सानी, अकबरे खुर्सानी, चुकुन्दर, केरा, घिरौलादेखि स्याउसम्मको मूल्य घटेको छ ।

हिजो शनिबार प्रतिकेजी ९५ रुपैयाँ रहेको अदुवाको औसत मूल्य घटेर आज आइतबार प्रतिकेजी ७५ रुपैयाँ, कायम रहेको छ । स्थानीय काउलीको ८६ रुपैयाँ ६७ पैसाबाट घटेर ८५ रुपैयाँ, ५२ रुपैयाँ ५० पैसा रहेको भारतीय ठूलो गोलभेडा प्रतिकेजी ५५ रुपैयाँ रहेको छ ।

अघिल्लो दिन २५ रुपैयाँ रहेको घिरौला १७ रुपैयाँ ६७ पैसा, ५६ रुपैयाँ रहेको भेडे खुर्सानीलाई ४५ रुपैयाँ, ४३ रुपैयाँ ४० पैसा रहेको टनेल गोलभेडालाई ४२ रुपैयाँ ३३ पैसा, प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा रहेको हाइब्रिड काँक्रो ४५ रुपैयाँ पर्नेछ ।

यसैगरी शनिबार औसत मूल्य प्रतिदर्जन १२६ रुपैयाँ ६७ पैसा रहेको केरा १२५ रुपैयाँ पर्नेछ । ९६ रुपैयाँ ६७ पैसा रहेको अकबरे खुर्सानी ९५ रुपैयाँ, ७६ रुपैयाँ ६७ पैसा रहेको चुकुन्दरलाई ७५ रुपैयाँ रहेको छ ।

यसअघि प्रतिकेजी औसत मूल्य २३ रुपैयाँ ३३ पैसा रहेको स्कुसको मूल्य आइतबार २७ रुपैयाँ ६७ पैसा, ५५ रुपैयाँको तने बोडी ७५ रुपैयाँ, ३२ रुपैयाँ ५० पैसाको लोकल सानो गोलभेडा ३२ रुपैयाँ ६७ पैसा, २६० रुपैयाँको कागतीलाई २६० रुपैयाँ मूल्य तोकिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ११ : १४ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक