घट्यो फलफूल र तरकारीको मूल्य  « Khabarhub

घट्यो फलफूल र तरकारीको मूल्य 


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज अदुवा, काउली, भेडे खुर्सानी, अकबरे खुर्सानी, चुकुन्दर, केरा, घिरौलादेखि स्याउसम्मको मूल्य घटेको छ ।

हिजो शनिबार प्रतिकेजी ९५ रुपैयाँ रहेको अदुवाको औसत मूल्य घटेर आज आइतबार प्रतिकेजी ७५ रुपैयाँ, कायम रहेको छ । स्थानीय काउलीको ८६ रुपैयाँ ६७ पैसाबाट घटेर ८५ रुपैयाँ, ५२ रुपैयाँ ५० पैसा रहेको भारतीय ठूलो गोलभेडा प्रतिकेजी ५५ रुपैयाँ रहेको छ ।

अघिल्लो दिन २५ रुपैयाँ रहेको घिरौला १७ रुपैयाँ ६७ पैसा, ५६ रुपैयाँ रहेको भेडे खुर्सानीलाई ४५ रुपैयाँ, ४३ रुपैयाँ ४० पैसा रहेको टनेल गोलभेडालाई ४२ रुपैयाँ ३३ पैसा, प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा रहेको हाइब्रिड काँक्रो ४५ रुपैयाँ पर्नेछ ।

यसैगरी शनिबार औसत मूल्य प्रतिदर्जन १२६ रुपैयाँ ६७ पैसा रहेको केरा १२५ रुपैयाँ पर्नेछ । ९६ रुपैयाँ ६७ पैसा रहेको अकबरे खुर्सानी ९५ रुपैयाँ, ७६ रुपैयाँ ६७ पैसा रहेको चुकुन्दरलाई ७५ रुपैयाँ रहेको छ ।

यसअघि प्रतिकेजी औसत मूल्य २३ रुपैयाँ ३३ पैसा रहेको स्कुसको मूल्य आइतबार २७ रुपैयाँ ६७ पैसा, ५५ रुपैयाँको तने बोडी ७५ रुपैयाँ, ३२ रुपैयाँ ५० पैसाको लोकल सानो गोलभेडा ३२ रुपैयाँ ६७ पैसा, २६० रुपैयाँको कागतीलाई २६० रुपैयाँ मूल्य तोकिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ११ : १४ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा