लुटेरा समूह र प्रहरीबीच दोहोरो भिडन्त, वरिष्ठ सई घाइते  « Khabarhub

लुटेरा समूह र प्रहरीबीच दोहोरो भिडन्त, वरिष्ठ सई घाइते 


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बारा – बाराको जितपुरसिमरा उपमहानगरपालिका-२३ भलुहीमा प्रहरी र लुटेरा समूहबीच दोहोरो भिडन्त भएको छ । मध्यराति करिब १२ बजे एरोटेक प्रालीमा लुटपाट गरिरहेका बेला प्रहरी पुगेपछि भिडन्त भएको हो ।

एक समुहले लुटपाट गरिरहेको सूचना पाएलगतै घटनास्थलमा पुगेको प्रहरीमाथि करिब २० जनाको लुटेरा समूह आक्रमणमा उत्रिएको थियो। लुटेरा समूहले एक राउन्ड र प्रहरीले तीन राउन्ड गोली चलाएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन्। लुटेराले चार राउन्ड फायर गरे पनि ३ राउन्ड नपड्केको उनले बताए।

प्रहरीले दोहोरो भिडन्तको क्रममा कटुवा पेस्तोल १ थान, एकनाले बन्दुक १ थान र गोली ३ थानसहित २ जनालाई पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरा बस्ने जयराम पासवान र वडा नम्बर १० बलुवाबेहरा बस्ने जवाहिर महतोलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी उपरीक्षक बोगटीले बताए ।

दोहोरो भिडन्तको क्रममा वरिष्ठ प्रहरी नायव निरीक्षक (सई) कलाम शाही घाइते भएका छन् । लुटेरालाई पक्रने क्रममा प्रहार भएको रडबाट शाही घाइते भएका हुन् ।

घाइते वरिष्ठ प्रहरी नायव निरीक्षक शाहीको वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

दोहरो भिडन्तमा घाइते एक जना लुटेराको पनि अलपाइन अस्पताल सिमरामा उपचार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ११ : २९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन