प्रचण्ड – देउवा भेटवार्ता, आजै सत्ता गठबन्धनको बैठक बस्ने « Khabarhub

प्रचण्ड – देउवा भेटवार्ता, आजै सत्ता गठबन्धनको बैठक बस्ने


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

प्रचण्ड देउवालाई भेट्न आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए । भेटमा आगामी निर्वाचनको सिट बाँडफाँटमा केन्द्रित कुरा भएको जनाइएको छ।

सत्ता गठबन्धनमा सबै दलले आ-आफ्नै दाबी नछोडेपछि कांग्रेस नेता कृष्ण सिटौला नेतृत्वको कार्यदलले सहमति जुटाउन सकेको छैन। देउवा र प्रचण्डको निर्देशनपछि कार्यदलले सहमतिको खाका तयार गर्ने र आजै सत्ता गठबन्धनको बैठक बस्ने तयारी रहेको छ।

१६५ निर्वाचन क्षेत्र रहेकोमा पाँच दलले गरेको दाबीअनुसार २ सय ३१ क्षेत्र पुगेको छ। कांग्रेस १००, माओवादी ६०, एकीकृत समाजवादी ४०, जनता समाजवादी ३२ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेका छन्।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ११ : ४७ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली