सहकारीको साधारण सभामा सदस्यहरूको नि:शुल्क स्वास्थ्य परीक्षण « Khabarhub

सहकारीको साधारण सभामा सदस्यहरूको नि:शुल्क स्वास्थ्य परीक्षण


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर-  भक्तपुर सूर्यविनायकस्थित सुसन्देश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभामा सहकारीका सदस्यहरूको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

सूर्यविनायककाे क्लिनिक वानले यो सेवा दिएको हो । परीक्षणमा सहभागीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाएको खुसी व्यक्त गर्दै  भविष्यमा शिविर आयोजना गर्न माग गरेका छन् ।

कमलबिनायकका ३० वर्षीय सुशिल सुलूले शिविरबाट लाभान्वित हुन पाउँदा हर्ष लागेको बताए । क्लिनिक वान सूर्यविनायक भक्तपुरका जनरल म्यानेजर सञ्जीव ग्वंगले विभिन्न संस्थाहरूसँग मिलेर स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी गराए । उनले यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर सञ्चालन गर्दै जाने योजना रहेको सुनाए ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ३ : १५ बजे

जितु नेपालले बनाएको फिल्म ‘आई एम जित बहादुर’ असार ५ मा आउने

काठमाडौं – कलाकार जितु नेपालले बनाएको तथा उनकै शीर्ष अभिनय

एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका र शोभा पाठकबीच हात हालाहाल

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका र शोभा

खाद्य संस्थानद्वारा ४३ लाखको सिमी खरिद

हुम्ला– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सिमकोट

मुस्ताङमा यार्सा संकलन सुरु

मुस्ताङ– मुस्ताङका विभिन्न स्थानमा यार्सागुम्बा संकलन सुरु भएको छ ।

भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छ : राष्ट्रपति

दमौली– राष्ट्रपति रामचन्द्र पौडेलले भानु चुँदीरम्घालाई भाषा र साहित्यको त्रिवेणीका