सहकारीको साधारण सभामा सदस्यहरूको नि:शुल्क स्वास्थ्य परीक्षण | Khabarhub Khabarhub

सहकारीको साधारण सभामा सदस्यहरूको नि:शुल्क स्वास्थ्य परीक्षण


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर-  भक्तपुर सूर्यविनायकस्थित सुसन्देश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभामा सहकारीका सदस्यहरूको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

सूर्यविनायककाे क्लिनिक वानले यो सेवा दिएको हो । परीक्षणमा सहभागीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाएको खुसी व्यक्त गर्दै  भविष्यमा शिविर आयोजना गर्न माग गरेका छन् ।

कमलबिनायकका ३० वर्षीय सुशिल सुलूले शिविरबाट लाभान्वित हुन पाउँदा हर्ष लागेको बताए । क्लिनिक वान सूर्यविनायक भक्तपुरका जनरल म्यानेजर सञ्जीव ग्वंगले विभिन्न संस्थाहरूसँग मिलेर स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी गराए । उनले यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर सञ्चालन गर्दै जाने योजना रहेको सुनाए ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ३ : १५ बजे

स्रोत नखुलेको रकमसहित महोत्तरीबाट दुई जना पक्राउ

महोत्तरी–  सम्सी गाउँपालिका-४ भेटपुर पछवाडी टोलस्थित सडकबाट स्रोत नखुलेको नगद ३ लाख

सरकार भ्रष्टाचारमा जोडिएकालाई जोगाउन लाग्यो : कमल थापा

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले नक्कली भुटानी शरणार्थी काण्डमा

‘कृषिलाई प्राथमिकतामा राखी आवश्यक लगानी गर्न सरकार प्रतिबद्ध छ’

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषिलाई प्राथमिकतामा राखी आवश्यक

बागमतीको जलस्तर बढ्दै, नदी किनारमा सावधानी अपनाउन आग्रह

काठमाडौं–  काठमाडौंसहित देशका अधिकांश स्थानमा शनिबार रातिदेखि वर्षा भएको छ

मौसम पूर्वानुमानपछिको पूर्व सूचनालाई प्रभावकारी बनाउनेसहित चार निर्णय

काठमाडौं– राष्ट्रिय विपद् व्यवस्थापन परिषद्ले विपद् जोखिमलाई ध्यान दिँदै मौसम