फिलिपिन्सका राष्ट्रपति मार्कोस इण्डोनेशिया र सिङ्गापुरको राजकीय भ्रमणमा « Khabarhub

फिलिपिन्सका राष्ट्रपति मार्कोस इण्डोनेशिया र सिङ्गापुरको राजकीय भ्रमणमा


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड ‘बोङबोङ’ मार्कोस इण्डानेशिया र सिङ्गापुरको राजकीय भ्रमणमा निस्केका छन् । हालै फिलिपिन्सको राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो विदेश यात्रा हो ।

इण्डानेशियाको त्रिदिवसीय राजकीय भ्रमण पूरा गरेर उनले यही भदौ २१ र २२ गते सिङ्गापुरको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

“हाम्रा छिमेकी दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का सदस्य देशहरूको यो मेरो राजकीय भ्रमणका क्रममा हाम्रो गतिशील व्यापार र लगानीसम्बन्धी सम्भावनाको उपयोगका लागि प्रयोग हुनेछ,” जकार्ता प्रस्थान गर्नुअघि उनले दिएको वक्तव्यमा भनिएको छ ।

सिङ्गापुर र इण्डानेशिया भ्रमणका क्रममा कोरोनाको महामारीपछिको आर्थिक वृद्धिलाई गतिदिन तथा निर्यातका लागि थप लगानी एवम् सक्रिय खरिदकर्तालाई आकर्षित गर्न आयोजित व्यापारिक मञ्च तथा बैठकमा आफू सहभागी हुने उनले जानकारी दिए ।

उनले इण्डोनेशियाका राष्ट्रपति जोको जोकोवी विडोडोसँग समसामयिक विश्व राजनीति र भविष्यका साथै फिलिपिन्स–इण्डोनेशिया सम्बन्धबारे विचारविमर्श गर्नेछन् । इण्डोनेशिया फिलिपिन्सको सहयोगी एवम् निकटतम साझेदार मुलुक मानिन्छ ।

सिङ्गापुर भ्रमणका क्रममा फिलिपिन्सका राष्ट्रपतिले त्यहाँ आफ्ना समकक्षी हलिमाह याकोब र प्रधानमन्त्री ली सिएन लुङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् ।

दुबै भेटवार्तामा फिलिपिन्स र सिङ्गापुरबीचको सम्बन्धलाई अझ गाढा तुल्याउन द्विपक्षीय प्रतिबद्धतालाई नवीकृत गर्ने, आर्थिक सम्बन्धलाई अगाडि बढाउन विकल्प खोज्ने तथा क्षेत्रीय एवम् साझा चासोका विश्वव्यापी विषयमा छलफल गर्ने राष्ट्रपति मार्कोसले बताएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ४ : ३६ बजे

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर– महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२०

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

भद्रपुर– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न

कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु

कोलकाता– भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आद प्रदेशसभाबाट विश्वासको मत

राष्ट्र बैंकले ३५ अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब