फिलिपिन्सका राष्ट्रपति मार्कोस इण्डोनेशिया र सिङ्गापुरको राजकीय भ्रमणमा | Khabarhub Khabarhub

फिलिपिन्सका राष्ट्रपति मार्कोस इण्डोनेशिया र सिङ्गापुरको राजकीय भ्रमणमा


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड ‘बोङबोङ’ मार्कोस इण्डानेशिया र सिङ्गापुरको राजकीय भ्रमणमा निस्केका छन् । हालै फिलिपिन्सको राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो विदेश यात्रा हो ।

इण्डानेशियाको त्रिदिवसीय राजकीय भ्रमण पूरा गरेर उनले यही भदौ २१ र २२ गते सिङ्गापुरको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

“हाम्रा छिमेकी दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का सदस्य देशहरूको यो मेरो राजकीय भ्रमणका क्रममा हाम्रो गतिशील व्यापार र लगानीसम्बन्धी सम्भावनाको उपयोगका लागि प्रयोग हुनेछ,” जकार्ता प्रस्थान गर्नुअघि उनले दिएको वक्तव्यमा भनिएको छ ।

सिङ्गापुर र इण्डानेशिया भ्रमणका क्रममा कोरोनाको महामारीपछिको आर्थिक वृद्धिलाई गतिदिन तथा निर्यातका लागि थप लगानी एवम् सक्रिय खरिदकर्तालाई आकर्षित गर्न आयोजित व्यापारिक मञ्च तथा बैठकमा आफू सहभागी हुने उनले जानकारी दिए ।

उनले इण्डोनेशियाका राष्ट्रपति जोको जोकोवी विडोडोसँग समसामयिक विश्व राजनीति र भविष्यका साथै फिलिपिन्स–इण्डोनेशिया सम्बन्धबारे विचारविमर्श गर्नेछन् । इण्डोनेशिया फिलिपिन्सको सहयोगी एवम् निकटतम साझेदार मुलुक मानिन्छ ।

सिङ्गापुर भ्रमणका क्रममा फिलिपिन्सका राष्ट्रपतिले त्यहाँ आफ्ना समकक्षी हलिमाह याकोब र प्रधानमन्त्री ली सिएन लुङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् ।

दुबै भेटवार्तामा फिलिपिन्स र सिङ्गापुरबीचको सम्बन्धलाई अझ गाढा तुल्याउन द्विपक्षीय प्रतिबद्धतालाई नवीकृत गर्ने, आर्थिक सम्बन्धलाई अगाडि बढाउन विकल्प खोज्ने तथा क्षेत्रीय एवम् साझा चासोका विश्वव्यापी विषयमा छलफल गर्ने राष्ट्रपति मार्कोसले बताएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ४ : ३६ बजे

प्रधानमन्त्रीबाट शंखधर साख्वाको प्रतिमामा माल्यार्पण

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति

एट्लेटिको माड्रिडको पोस्टमा आर्सनलको चार गोल

काठमाडौं – आर्सनलले एट्लेटिको माड्रिडमाथि सहज जित निकालेको छ। आर्सनलले

च्याम्पियन्स लिग : एर्लिङ चम्किँदा म्यानचेस्टरको सानदार जित

काठमाडौं – एर्लिङ हालान्ड चम्किँदा गएराति म्यानचेस्टर सिटीले भिल्लारियलविरुद्ध सानदार

आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ

काठमाडौं – नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना

नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक हो : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत् नेपाली गौरव, सभ्यता