बाइडेन देशकै दुश्मन : ट्रम्प « Khabarhub

बाइडेन देशकै दुश्मन : ट्रम्प


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विरोधीको कटु आलोचना गर्न खप्पिस मानिने अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो समय राष्ट्रपति जोन बाइडेनमाथि खनिएका छन् ।

आफ्नो निजी निवासमा संघीय अनुसन्धान ब्युरो एफबीआईले छापा मारेपछि उनी बाइडेनको व्यक्तिगत आलोचनमा उत्रिएका हुन् । उनले बाइडेन देशकै दुश्मन भएको टिप्पणी गरेका छन् ।

एफबीआईले अगस्ट ८ मा फ्लोरिडा राज्यको पाम बिचमा रहेको निजी निवास मार अ लागोमा छापा मारेपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेका ट्रम्पले आफ्नो निवासमा गरिएको अनुसन्धानलाई ‘न्यायको धोखाधडी’ भन्दै यसले ‘कसैले कहिल्यै नदेखेको परिणाम’ ल्याउने चेतावनी दिए ।

ट्रम्पले भने, ‘अमेरिकी स्वतन्त्रतामाथिको वास्तविक खतराको योभन्दा ज्वलन्त उदाहरण अरु केही हुन सक्दैन, जतिबेला केही साताअघि प्रशासनले शक्तिको चरम दुरुपयोग ग¥यो ।’

बीबीसीका अनुसार ट्रम्पले पेन्सलभेनिया राज्यको विल्क्स–ब्यारे सहरमा आयोजित ¥यालीमा समर्थकहरूलाई भने, ‘कानूनको घोर दुरुपयोगले यसअघि कसैले कहिल्यै नदेखेको प्रतिक्रिया ल्याउन लागिरहेको छ ।’

ट्रम्पले यस हप्ता राष्ट्रपति बाइडेनको भनाइको पनि चर्को आलोचना गरेका थिए । एक कार्यक्रममा बाइडेनले ट्रम्पप्रति संकेत गर्दै भनेका थिए, ‘पूर्ववर्ती र रिपब्लिकन समर्थकहरूले हाम्रो गणतन्त्रको जगलाई खतरामा पार्ने अतिवादको प्रतिनिधित्व गर्छन् ।’

ट्रम्पले भने, ‘ अहिलेसम्मकै राष्ट्रपतिमध्ये बाइडेनले सबैभन्दा खराब, घृणित र विभाजनकारी भाषण दिए ।’ सम्बोधनका क्रममा बाइडेन देशकै दुश्मन भएको उनले संगीन आरोप लगाए ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ४ : ५७ बजे

देउवा समूहको रिट दर्ता, प्रतिनिधि सभाको उम्मेदवारी दर्ताकै दिन सुनुवाइ गर्न पेशी

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध मुद्दा

एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार

वालिङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून

काँक्रेविहार– कर्णाली प्रदेश सरकारको छ महिनामा १३ दशमलव ७४ प्रतिशत

ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन

नुक– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गर्दै शनिबार

विभिन्न सांस्कृतिक कार्यक्रमसहित सातदिने ट्राफिक सप्ताह सम्पन्न

काठमाडौं– काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति नागरिकलाई