क्रमभंग गर्न चुनावपछि सडकमा जान्छौँ : प्रचण्ड  « Khabarhub

क्रमभंग गर्न चुनावपछि सडकमा जान्छौँ : प्रचण्ड 


१९ भदौ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माओवादी केन्द्र अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनपछि क्रमभंग गर्न सडकमा जाने घोषणा गरेका छन् ।

काठमाडौँमा आइतबार मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनपछि मौजुदा शासन प्रणाली र निर्वाचन प्रणाली परिवर्तन गर्न आफ्नो पार्टी सडकमा जाने घोषणा गरेका हुन् ।

माओवादीले व्यवस्था गरेको समाजवाद प्राप्त गर्न सडकको जानुको विकल्प नरहेको भन्दै उनले यसका लागि आगामी निर्वाचनपछि  सडकमा उत्रिने बताएका हुन् ।

आफूले परिकल्पना गरेको समाजवादका लागि अहिलेको मेसिनरी बदल्नुपर्ने भन्दै उनले शासन प्रणाली र चुनाव प्रणाली बदल्न जनतामाझ सडकमा जाने बताए ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  ६ : ०८ बजे

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता