इलाम क्षेत्र नं २ बाट सुवास नेम्वाङ सिफारिस « Khabarhub

इलाम क्षेत्र नं २ बाट सुवास नेम्वाङ सिफारिस


१९ भदौ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे- आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम क्षेत्र नं २ बाट नेकपा (एमाले)ले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार सिफारिस गरेको छ । एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङलाई पार्टी क्षेत्र नं २ को कमिटीले एकल नाम सिफारिस गरेर पठाएको हो ।

क्षेत्रीय कमिटीले जिल्लालाई एकल नाम सिफारिस गरेपछि उहाँ नै उम्मेदवार बन्ने निश्चित भएको हो । मातहत कमिटीबाट आएको सिफारिस जिल्लाले प्रदेशमा पठाउने पार्टीका जिल्ला उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए। नेम्वाङ २०५६ सालयता भएका सबै संसदीय/संविधानसभा निर्वाचनमा यसै क्षेत्रबाट निरन्तर विजयी भइरहेका छन्। उनले २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केशव थापालाई पराजित गरेका थिए।

 क्षेत्र नं २ (क) बाट पनि गणेशप्रसाद बरालको एकल नाम सिफारिस गरेको जनाइएको छ । बराल जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख हुन्। एमालेले हाल अन्य स्थानका समेत उम्मेदवार टुङ्गो लगाउन कसरत गरिरहेको छ । अन्य क्षेत्रबाट आकांक्षी धेरै भएपछि सम्बन्धित कमिटीले जिल्लामा नाम सिफारिस गरेर पठाएको छ ।

नाम छनोटमा बढी पार्टीमा समय दिएकालाई टिकट दिने गरी छलफल भइरहेको पार्टीले जानकारी दिएको छ । जिल्लामा प्रतिनिधिसभामा दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । त्यस्तै प्रदेशसभामा चार वटा निर्वाचन क्षेत्र रहेका छन् ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  ६ : ३६ बजे

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता