माओवादी सिन्धुपाल्चोक १ बाट सभामुखसँगै तीन जनाको नाम सिफारिस « Khabarhub

माओवादी सिन्धुपाल्चोक १ बाट सभामुखसँगै तीन जनाको नाम सिफारिस


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सभामुख अग्निप्रसाद सापकोटा ४ मंसिरमा हुने चुनावका लागि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका छन् ।

नेकपा माओवादी केन्द्र १ नम्बर प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनका लागि सभामुख सापकोटासँगै  सभामुखकै भतिज तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य  माधव सापकोटा सुबोध र महिला नेतृ फुलम लामा प्रज्ञा सिफारिस भएका छन् । सभामुख सापकोटाको नाम पहिलो  नम्बरमा सिफारिस गरिएको छ।

यस क्षेत्रमा नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र एमालेबाट नेताहरू अरुण नेपाल, सुरेश नेपाल, भरत पराजुली र बादल तामाङको नाम सिफारिस भएको छ। गठबन्धनले सिट संख्या र क्षेत्र नटुंग्याएकाले यस क्षेत्रमा सापकोटा र बस्नेतमध्ये को उम्मेदवार हुने भन्ने निश्चित भने भइसकेको छैन ।

यसैगरी नेकपा (माओवादी केन्द्र) क्षेत्रीय समन्वय समितिद्वारा प्रस्तावित नामावलीमा प्रतिनिधिसभा १ मा समानुपातिक तर्फ समानुपातिकतर्फ पुण्यप्रसाद  पराजुली खस आर्य, विष्णुकुमार श्रेष्ठ आदिवासी जनजाति, पूर्णबहादुर तामाङ आदिवासी जनजाति, गणेश बिक दलित, पार्वती थामी अल्पसंख्यक सिफारिस भएका छन् ।

१ नम्बर प्रतिनिधि सभा प्रदेश सभा (क) तर्फ  प्रत्यक्षमा सरल सहयात्रीको एकल सिफारिसमा हुनुहुन्छ ।  समानुपातिकतर्फ राजकुमार पौडेल खस आर्य, लालकान्छा तामाङ आदिवासी जनजाति, ज्ञानेन्द्रबहादुर गुरुङ आदिवासी जनजाति,राजु खाती दलित, आशा गुरुङ शेर्पा  आदिवासी जनजाति ,सुन्दर पहरी अल्पसंख्यकबाट सिफारिसमा छन् ।

१ नम्बर प्रतिनिधि सभा प्रदेश सभा (ख) तर्फ  प्रत्यक्षमा  अम्बिका नेपाल , चन्द्र सापकोटा , टिएन सापकोटा, प्रताप सि तामाङ गरी चार जना सिफारिस भएका छन् । समानुपातिकतर्फ अमृता नेपाल खस आर्य, गोकर्णदास श्रेष्ठ आदिवासी जनजाति, पदम श्रेष्ठ आदिवासी जनजाति , सागर परियार दलित, सुभाष सुन्दाश दलित, टिकाराम पराजुली अपाङ्ग कोटामा सिफारिसमा परेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ७ : १८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्