अफगानिस्तानमा विस्फोट, तीन बालबालिकाको मृत्यु | Khabarhub Khabarhub

अफगानिस्तानमा विस्फोट, तीन बालबालिकाको मृत्यु


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल – अफगानिस्तानको हेलमान्ड प्रान्तमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन्।

प्रान्तीय प्रहरी प्रवक्ता अहमद जानले सिन्ह्वा समाचार एजेन्सीलाई उद्धृत गर्दै उक्त घटना शनिबार दिउँसो हिवाद बजार क्षेत्रमा भएको बताएका छन् । रिपोर्टका अनुसार मारिने सबै विद्यार्थी थिए ।

शुक्रबार पश्चिमी हेरात प्रान्तमा भएको घातक विस्फोटमा प्रसिद्ध धर्मगुरु सहित २० जनाको मृत्यु भएको थियो।हेरात शहरको गुजरगाह मस्जिदमा स्थानीय समय अनुसार राति १२:४० बजे बम विस्फोट भएको खामा प्रेसले तालिवानद्वारा सञ्चालित अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको थियो।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले प्रार्थनाको नेतृत्व गर्ने मौलवी मुजिब रहमान अन्सारीलाई ूधर्मका शत्रुहरूू द्वारा गरिएको कायरतापूर्ण आक्रमणमा मारिएको बताएका छन्।

गत महिना राजधानी काबुलमा दर्जनौं निर्दोषको ज्यान लिने यस्ता थुप्रै विस्फोटहरू भएका थिए।अफगानिस्तानमा तालिबान शासनको एक वर्ष पूरा हुँदै गर्दा यस्ता थुप्रै शृङ्खलाबद्ध विस्फोटहरू भएका छन्। अधिकार समूहहरूले तालिबानले मानवअधिकार र महिला अधिकारको सम्मान गर्ने अनेक वाचा तोडेको बताएका छन्।

गत वर्ष अगस्टमा काबुल कब्जा गरेपछि इस्लामिक अधिकारीहरूले महिला र बालिकाहरूको अधिकारमा गम्भीर प्रतिबन्धहरू लगाएका छन् । मिडियालाई दबाएका छन् भने सञ्चारकर्मीहरूलाई मनोमानी रूपमा हिरासतमा राख्दै यातना दिएका छन्, । आलोचकहरू र विरोधीहरू विरुद्ध विभिन्न लाञ्छाना लगाएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ८ : ४६ बजे

निजी क्षेत्रलाई विद्युत् उत्पादनमा लगानी गर्न ऊर्जामन्त्री खड्काको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित ऊर्जाको बजार

एमालेले कार्यकर्तालाई फेसबुक चलाउन सिकाउने ! जथाभावी बोले ‘घोक्रेठ्याक’

काठमाडौं– नेकपा एमालेले आफ्ना कार्यकर्ताहरुलाई स्मार्ट मोबाइलबाट सामाजिक सञ्जाल चलाउन

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा

मूलपानी क्रिकेट मैदान निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले काठमाडौंको

एपीएफको पहिलो जीत

काठमाडौं– एपीएफले पहिलो जीत निकालेको छ । विभागीय टोली नेपाल एपिएफ