बुटवलका अधिकांश मासु पसल फोहर र अव्यवस्थित « Khabarhub

बुटवलका अधिकांश मासु पसल फोहर र अव्यवस्थित


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – बुटवलका अधिकांश मासु पसल फोहर र अव्यवस्थित रहेको पाइएको छ । बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालको नेतृत्वमा आज भएको अनुगमनका क्रममा बधशाला सरसफाइमा ध्यान नदिएको पाइएको हो ।

चाडपर्वमा सबैभन्दा बढी उपभोग हुने मासुजन्य पदार्थमा हुने कालोबजारी तथा गुणस्तरहीन बस्तुको बिक्री वितरण नियन्त्रण गर्न उपमहानगरपालिकाले मासु पसलमा अनुगमन गरेको थियो ।

बुटवलको इँटाभट्टी, तीनकुने, होराइजन चोक, देवीनगरलगायतका क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न क्षेत्रमा सञ्चालित ११ मासु पसलमा गरिएको अनुगमनमा बधशालामा सरसफाइमा ध्यान नदिइएको पाइएको हो ।

अनुगमनका क्रममा तीन वटा पसलमा अखाद्य मासु बिक्री गरेको पाइएको छ भने अधिकांशमा बधशाला सरसफाइमा ध्यान नदिएको पाइएको उपप्रमुख अर्यालले बताए । अखाद्य मासु भेटिएकालाई उपमहानगरपालिकामा बोलाइएको छ भने अन्यलाई मापदण्डअनुसार काम गर्न निर्देशन दिइएको उनले जानकारी दिए।

बुटवलको इँटाभट्टीको कुरैशी मासु पसल र स्माइली मासु पसल तथा देवीनगरमा रहेको श्रेष्ठ मासु पसलबाट अखाद्य मासु जफत गरिएको छ । यी मासु पसलबाट २२ किलोभन्दा बढी अखाद्य मासु फेला पारी नष्ट गरिएको बुटवल उपमहानगरका वरिष्ठ अधिकृत ठगिश्वर शर्माले बताए । बधशाला तथा मासु पसल सफा राख्न निर्देशन दिइएको उनको भनाइ छ ।

देवीनगरमा रहेका दिनेश फ्रेस हाउस र नमस्ते गाउँले मासु पसलले सडक क्षेत्रमा बधशाला बनाएको पाइएको छ भने तिनकुनेमा रहेको निमेस मासु पसलको बधशाला निकै फोहर पाइएको छ । यस्तै इँटाभट्टीको माइला मासु पसल, ज्योति माइला मासु पसल र मेहेदी मासु पसल तथा होराइजन चोकको मामा मासु पसल र राजनफ्रेस हाउसमा अनुगमन गरी पसल सफा र व्यवस्थित बनाउन सचेत गराइएको छ ।

अनुगमनका क्रममा उपप्रमुख अर्यालले चाडपर्वका समयमा मासुको प्रयोग बढी हुने भएकाले स्वच्छ र स्वस्थ्य मासुको बिक्रीवितरण हुनुपर्ने बताए। मासुलाई तापक्रम व्यवस्थापन गरी राख्नुपर्ने भए पनि त्योअनुसार सञ्चालन नभएका कारण व्यवसायीलाई उपमहानगरपालिका कार्यालयमा बोलाइएको पशु चिकित्सक झवीन्द्र बञ्जाडेले बताए ।

अनुगमनमा उपप्रमुख अर्यालसहित उपमहानगरका कर्मचारी, पशु चिकित्सक, बुटवल उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, उपभोक्ताहित संरक्षण मञ्चका प्रतिनिधि, पत्रकार, नगर प्रहरी लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ९ : ०५ बजे

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित