बुटवलका अधिकांश मासु पसल फोहर र अव्यवस्थित « Khabarhub

बुटवलका अधिकांश मासु पसल फोहर र अव्यवस्थित


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – बुटवलका अधिकांश मासु पसल फोहर र अव्यवस्थित रहेको पाइएको छ । बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालको नेतृत्वमा आज भएको अनुगमनका क्रममा बधशाला सरसफाइमा ध्यान नदिएको पाइएको हो ।

चाडपर्वमा सबैभन्दा बढी उपभोग हुने मासुजन्य पदार्थमा हुने कालोबजारी तथा गुणस्तरहीन बस्तुको बिक्री वितरण नियन्त्रण गर्न उपमहानगरपालिकाले मासु पसलमा अनुगमन गरेको थियो ।

बुटवलको इँटाभट्टी, तीनकुने, होराइजन चोक, देवीनगरलगायतका क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न क्षेत्रमा सञ्चालित ११ मासु पसलमा गरिएको अनुगमनमा बधशालामा सरसफाइमा ध्यान नदिइएको पाइएको हो ।

अनुगमनका क्रममा तीन वटा पसलमा अखाद्य मासु बिक्री गरेको पाइएको छ भने अधिकांशमा बधशाला सरसफाइमा ध्यान नदिएको पाइएको उपप्रमुख अर्यालले बताए । अखाद्य मासु भेटिएकालाई उपमहानगरपालिकामा बोलाइएको छ भने अन्यलाई मापदण्डअनुसार काम गर्न निर्देशन दिइएको उनले जानकारी दिए।

बुटवलको इँटाभट्टीको कुरैशी मासु पसल र स्माइली मासु पसल तथा देवीनगरमा रहेको श्रेष्ठ मासु पसलबाट अखाद्य मासु जफत गरिएको छ । यी मासु पसलबाट २२ किलोभन्दा बढी अखाद्य मासु फेला पारी नष्ट गरिएको बुटवल उपमहानगरका वरिष्ठ अधिकृत ठगिश्वर शर्माले बताए । बधशाला तथा मासु पसल सफा राख्न निर्देशन दिइएको उनको भनाइ छ ।

देवीनगरमा रहेका दिनेश फ्रेस हाउस र नमस्ते गाउँले मासु पसलले सडक क्षेत्रमा बधशाला बनाएको पाइएको छ भने तिनकुनेमा रहेको निमेस मासु पसलको बधशाला निकै फोहर पाइएको छ । यस्तै इँटाभट्टीको माइला मासु पसल, ज्योति माइला मासु पसल र मेहेदी मासु पसल तथा होराइजन चोकको मामा मासु पसल र राजनफ्रेस हाउसमा अनुगमन गरी पसल सफा र व्यवस्थित बनाउन सचेत गराइएको छ ।

अनुगमनका क्रममा उपप्रमुख अर्यालले चाडपर्वका समयमा मासुको प्रयोग बढी हुने भएकाले स्वच्छ र स्वस्थ्य मासुको बिक्रीवितरण हुनुपर्ने बताए। मासुलाई तापक्रम व्यवस्थापन गरी राख्नुपर्ने भए पनि त्योअनुसार सञ्चालन नभएका कारण व्यवसायीलाई उपमहानगरपालिका कार्यालयमा बोलाइएको पशु चिकित्सक झवीन्द्र बञ्जाडेले बताए ।

अनुगमनमा उपप्रमुख अर्यालसहित उपमहानगरका कर्मचारी, पशु चिकित्सक, बुटवल उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, उपभोक्ताहित संरक्षण मञ्चका प्रतिनिधि, पत्रकार, नगर प्रहरी लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ९ : ०५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्