दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियाेसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियाेसहित)


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज दिनभर डीआईजी रञ्जन कोइरालाको मुद्धामा गल्ती भएको जबराको स्वीकार, चुनावपछि सडकमा जाने प्रचण्डको घोषणा, नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत, भारतीय स्थल सेनाध्यक्ष पाण्डे नेपालमा, तत्काल गठबन्धन नटुट्ने काँग्रेस प्रवक्ताको दाबी, एक हत्ताभित्र कर बुझाउन क्यासिनोलाई निर्देशन लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

निर्वाचनको तयारीमा सरकारलाई सहयोग गर्न कर्मचारीहरुलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री शेर बहादुर देउवाले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगीत गरि निर्वाचनको तयारीमा सरकारलाई सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन्।

नेपाल निजामती कर्मचारी युनियनले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संघ र प्रदेशको निर्वाचन नजिकिदै गएको अवस्थामा यसको तयारीका लािग सरकारलाई सहयोग गर्न कर्मचारीसमक्ष आग्रह गरेका हुन् ।
त्यस्तै कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा परिवर्तनिय दस्तावेज भएको भन्दै कर्मचारीहरुको जायज मागलाई सम्बोधन हुने गरि ऐनलाई अन्तिम रुप दिनुपर्ने बताए ।

कार्यक्रममा कर्मचारीहरुले आफुहरुको बृतिबिकासका लागि अन्य बिषयमा सरकारले बिशेया ध्यान दिनुपर्ने धारणा राखेका थिए । त्यस्तै केहि व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

डीआईजी रञ्जन कोइरालाको मुद्धामा गल्ती भएको जबराको स्वीकार

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउनु गल्ती भएको र आफुलाई दुःख लागेको बताएका छन् ।

सिंहदरबारमा आज बसेको महाभियोग सिफारिस समितिमा तेश्रो दिनको बयान दिने क्रममा जबराले साँढे आठ बर्षसम्म सो मुद्धामा राय लिदाँ पिडित परिवारमाथि अन्याय नै भएको आफुलाई लागेको र सो मुद्दा फैसलामा प्रायश्चित्त गरेको बताए ।

त्यस्तै जवराले संवैधानिक अंगका पदाधिकारी नियुक्तिमा सम्बन्धका परेका रिट निवेदनहरुमा एक बर्षसम्म पनि प्रारम्भीक सुनुवााई नगरेको आरोप अस्वीकार गरे । संसद बिघटन र संवैधानिक नियुक्तीको मुद्धा संगसंगै परेकाले संसद बिघटनको मुद्धालाइ प्राथमिकता दिइको उनले बताए । बैठकपछि समिति सदस्य मीन विश्वकर्माले आजको बैठकको कार्यबिधि संशोधन गरेको जानकारी दिए।

चुनावपछि सडकमा जाने प्रचण्डको घोषणा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको शासन प्रणाली र चुनाव प्रणाली बदल्न आन्दोलनमा जाने बताएका छन ।

काठमाडौंमा आज माक्र्सवादी ज्ञान केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रचण्डले शासन प्रणाली र चुनाव प्रणाली परिवर्तन गरि मुलुकलाई समाजवादमा लैजान निर्वाचन पछि सडकमा जाने बताएका हुन् ।

अरुले गर्ने आन्दोलन प्रतिगमन मात्रै भएको तर समाज रुपान्तरणको आन्दोलन आफुहरुले बाहेक अरुले गर्न नसक्ने उनले बताईन् । प्रचण्डले सांसद नै मन्त्री, प्रधानमन्त्री हुुने व्यवस्थाले भ्रष्टाचारलाई संस्थागत गर्न मद्दत गरेको समेत बताईन् । जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र प्रमुखले मन्त्री छान्न पाउने अधिकार दिए मात्र भ्रष्टाचार अन्त्य हुने उनको भनाई छ ।

नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत
प्रतिनिधि सभाले नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको छ ।

आज बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोईराला)ले प्रस्तुत गरेको नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको हो ।

बैठकमा यस विधेयकको सम्बन्धमा सामान्य छलफलसमेत भएको थियो। छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री शर्माले प्रतिनिधि सभाको कार्यकाल बढाउनको निम्ति सो विधेयक नआएको स्पष्ट पारे ।

सांसद पदबाट राजिनामा दिने राप्रपा अध्याक्ष राजेन्द्र लिङदेनको घोषणा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधि सभा सदस्य त्याग गरेको घोषणा गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा विषय समय लिएर बोल्दै लिङदेनले प्रतिनिधि सभाको म्याद लम्वाउन खोजिएको भन्दै प्रतिनिधि सभा सदस्य त्याग गरेको घोषणा गरेका हुन् । उनले सांसदको रुपमा सदनमा उपस्थीत नहुने र आफ्नो नाममा आउने तलबभत्ता सुविधा रोक्न सभामुखसमक्ष आग्रह गरे ।

भारतीय स्थल सेनाध्यक्ष पाण्डे नेपालमा
भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे पाँच दिने भ्रमणको सिलसिलामा काठमाडौँमा आएका छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाँच सदस्यीय भ्रमणदलको नेतृत्व गदै पाण्डे आज दिउँसो काठमाडौं आएका हुन्।

भ्रमणको दौरान भारतीय सेनाध्यक्ष पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित विर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

उनले प्रधान सेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान हुने विविध सामग्रीहरुको हस्तान्तरण कार्यक्रम ,कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र मध्य कमाण्ड मुख्यालयको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

तत्काल गठबन्धन नटुट्ने काँग्रेस प्रवक्ताको दाबी
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशरण महतले निर्वाचनसम्म गठबन्धन बनाएर जाने विषयमा पार्टीभित्र कुनै विवाद नरहेको बताएका छन् ।

काठमाडौंमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा महतले आगामी निर्वाचनमा अरु पार्टीसँग गठबन्धन बनाएर जाने निर्णय पार्टीको सर्वसम्मत निर्णय भएको भन्दै कुनै विवाद नरहेको बताएका हुन् ।

कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन नगरे अर्को दलले माओवादीसँग गठबन्धन गर्नसक्ने उनको भनाइ छ ।

एक हत्ताभित्र कर बुझाउन क्यासिनोलाई निर्देशन
काठमाडौं महानगरपालिकाले एक हप्ताभित्र मनोरञ्जन कर बुझाउन ७ क्यासिनोलाई निर्देशन दिएको छ । मनोरञ्जन कर नबुझाई सञ्चालित ७ वटा क्यासिनोलाई पत्र पठाउँदै महानगरले आज सात दिनभित्र कर बुझाउन निर्देशन दिएको हो ।

आर्थिक वर्ष २०७५/७६ देखि महानगरपालिकालाई मनोरञ्जन कर नबुझाई सञ्चालित ७ वटा क्यासिनो ,म्यरिएटको डेल्टीन क्यासिनो होटल, अन्नपूर्णको क्यासिनो प्यालेस, ¥याडिसन होटलको क्यासिनो ¥याड, हायात होटलको प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसन, सोल्टी होटलको मोजाङ्ग इन्टरटेन्मेन्ट, एलफ्ट होटलको बाल्को क्यासिनो र मल्ल होटलको बेली क्यासिनोलाई कर बझुाउन भनेको हो ।

ती क्यासिनोहरुले पटक–पटक ताकेता गरे पनि मनोरञ्जन कर नबुझाएको महानगरले जनाएको छ । प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र सोको जरिवानासहित ७ दिनभित्र कर चुक्ता नगरे महानगरको राजश्व ऐन अनुसार कारबाही गरिने पनि महानगरले चेतावनी दिएको छ ।

पर्यटन मन्त्रीलाई रोक्ने सुरक्षाकर्मी पक्राउ
संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन मिच्न नदिने सुरक्षाकर्मी पक्राउ परेका छन् ।

भिसाका लागि गत शुक्रबार काठमाडौंको ठमेलस्थित छायाँसेन्टर पुग्नुभएका मन्त्री श्रेष्ठलाई लाइन नमिचिदिन अनुरोध गर्दा सुरक्षाकर्मी शेरजंग गुरुङ पक्राउ परेका हुन् , गुरुङको सोही व्यवहारका कारण उनलाई नियन्त्रणमा लिइएको प्रहरी परिसर काठमाडौंलव जनाएको छ ।

मन्त्री श्रेष्ठ पहिलेनै खबर गरेर छायाँसेन्टर पुगेको उहाँको सचिवालयले जनाएको छ । गुरुङलाई अभद्र व्यवहारमा मुद्धा चलाउने तयारी भइरहेको बुझिएको छ । यता सो प्रकरणमा संलग्न भनिएका सुरक्षाकर्मी गुरुङले आफूहरुलाई धकेलेको मन्त्री श्रेष्ठले दाबी गर्नुभएको छ । सुरक्षाकर्मीलाई पक्राउ गरेसगैँ मन्त्री श्रेष्ठको भने सर्वत्र आलोचना भइरहेको छ ।

अडियाे सुन्नुहाेस् : 

 

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ९ : ३० बजे

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा