गठबन्धनको बैठक : सिट बाँडफाँट दुई दिनभित्र टुङ्याइने « Khabarhub

गठबन्धनको बैठक : सिट बाँडफाँट दुई दिनभित्र टुङ्याइने


१९ भदौ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाँच दलीय सत्ता गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि छिट्टै सिट बाँडफाँट टुङ्याउने दाबी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने गरी तयारी गरेको जनाएको छ ।

बैठकले गठबन्धनका दलबीच आगामी निर्वाचनका लागि सिट बाँडफाँटको टुङ्गो दुई दिनभित्र लाग्नेगरी छलफल अघि बढेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

गठबन्धनको कार्यदलको बैठक भोलि सोमबार दिउँसो १ बजे बस्ने र लगातार बैठक बसी सहमतिका साथ दुई दिनभित्र सबै विषय शीर्ष नेतृत्वसमक्ष पेस गर्ने उनले बताए।

बैठकमा केही दिनेदेखि सिट बाँडफाँटकै सेरोफेरोमा छलफल भइरहेको मन्त्री कार्कीले जानकारी दिए । सिट बाँडफाँट गर्दा सबै दलका लागि न्यायोचित, सम्मानजनक र ‘विन विन’ हुनेगरी निर्णय लिइने उनले बताए ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको सहभागिता थियो ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  १० : १७ बजे

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना

सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दशैँपछि दिउँसै गिरफ्तार गर्नू’

काठमाडौं- जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दशैँपछि दिउँसै

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

कायरो- इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

काठमाडौँ- बडा दशैंको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने