आज महानवमी : सिद्धिदात्री देवीको उपासना गरिँदै | Khabarhub Khabarhub

आज महानवमी : सिद्धिदात्री देवीको उपासना गरिँदै


१८ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज। नवरात्रको आज नवौं तथा अन्तिम दिन। आज विशेषगरी दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ।

नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरीको पूजाआराधना गरिएको थियो।

महाअष्टमीका दिन हातहतियार, मेसिन र सवारीसाधनको पूजा नगरेकाहरूले आज बलीसहित विश्वकर्माको पूजा गर्ने गर्छन्। आजै नवदुर्गाको प्रतिकको रुपमा नौ कन्याहरूको पूजासमेत गरिन्छ। कुमारी, त्रिमूर्ति, कल्याणी, रोहिणी, काली, चण्डिका, शाम्भवी, दुर्गा र सुभद्राको स्वरुपमा नौ कन्याको पूजा गरिन्छ।
आज नेपाली सेनालगायत सुरक्षा निकायले कोतमा रहेको हातहतियारको र निशानको पूजाआजा गरी हर्षबढाइँ गर्ने परम्परा छ। नेवार समुदायमा महानवमीकै दिन भीमसेनको पूजा गरी बली दिने परम्परा छ।

देवीको बिसर्जन दशमीका दिन मात्र हुने भएकाले नवमीका साँझ पनि सधैँको जस्तो विधिले देवीको एवं स्थापित देवताहरूको पूजा गर्नुपर्छ।

सिद्धगन्धर्वयक्षाद्यैः असुरैरमरैरपि।
सेव्यमाना सदा भूयात् सिद्धिदा सिद्धिदायिनी।।

सिद्ध, गन्धर्व, यक्ष, असुर, देवता आदिले सिद्धिप्राप्तिको लागि सिद्धिदात्रीको आराधना गर्ने गर्छन्। कमलको फूललाई आफ्नो आसन बनाएकी देवी सिद्धिदात्रीको हातमा कलमको फूल, शंख, चक्र, गदा रहेको छ। अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व तथा वशित्व नाम गरेका अष्ट सिद्धिहरू यीनै देवीको कृपाबाट पाइने शास्त्रहरूमा उल्लेख गरिएको छ।

नौ दिनसम्म आह्वान गरेर घरघरमा पूजा गरेको नवदुर्गाको दशमीका दिन बिसर्जन गरिन्छ।

नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न भक्तजनको घुईँचो लाग्ने गर्छ। विशेषगरी काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, काभ्रेको नाला भगवती, पलाञ्चोक भगवती, ताप्लेजुङको पाथीभारा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनी, भोजपुरको सिद्धकाली मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ६ : १३ बजे

असल नियतको अँगालो हिंसा होइन : प्रकाश दुतराज

काठमाडौं– केही दिन अगाडि पोखराको एक महोत्सवमा गायक प्रकाश दुतराजलाई

दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित भयो : भीम रावल

काठमाडौं– पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्रै

प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी

अत्तरिया–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । 

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायल– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय