कुन कुन देशमा मनाइन्छ दसैं ? « Khabarhub

कुन कुन देशमा मनाइन्छ दसैं ?


१८ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दूहरूको महान पर्व दशै नेपालमा मात्र नभएर नेपाल बाहिरका देशमा पनि मनाउन थालिएको छ। हिन्दु धर्मालम्बीहरुले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म विभिन्न शक्तिपीठको आराधना गरी दसैंका दिन मान्यजनबाट टीका तथा आर्शिवाद ग्रहण गर्छन्।

आश्विन शुक्ल प्रतिपदामा घटस्थापनाको दिन जमरा राखी नवमीसम्म हरेक दिन विभिन्न देवीहरूको पूजा गरिन्छ। प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गरिन्छ।

नवरात्रीभर सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा, महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा गरिन्छ। हिन्दुहरुको बाहुल्यता भएका समुदायले नवरात्रीसम्म विभिन्न शक्ति पीठमा पुजा गर्छन्।

छिमेकी मुलुक भारतका विभिन्न राज्यमा पनि दसैं मनाइन्छ। भारतमा विशेषगरेर नवदुर्गाको पुजा गरिन्छ। सिक्किम, दार्जलिङलगायतका नेपालभाषीको बाहुल्यता रहेको क्षेत्रमा टिका लगाइन्छ।

पश्चिम बंगालमा दसैं नव दुर्गा पूजाको आरधना गरेर मनाइन्छ। बंगालमा षष्ठीदेखि पाँच दिनसम्म यो पर्व मनाइन्छ। सप्तमी, अष्टमी एवं नवमीका दिन दुर्गाको पूजा हुन्छ।

आंध्र प्रदेश, तमिलनाडु र कर्नाटकमा दश दिनसम्म दसैं मनाइन्छ। लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ। पहिला दिन धन र समृद्धिकी देवी दिन लक्ष्मीको आरधना गरिन्छ भने दोस्रो तीन दिन विद्याकी देवी सरस्वतीको पुजा गरिन्छ र अन्तिम दिन शक्तिकी देवी दुर्गाको पुजा गरिन्छ।

गुजरातमा दसैको अवसरमा गरबा नृत्य गरिन्छ। गरबा नृत्य यस पर्वको महत्त्वपूर्ण अङ्ग हो। पुरुष एवं महिलाहरू दुइवटा साना–साना रंगाएका लौरा लिएर संगीतको लयमा आपसमा बजाउँदै घुमेर नृत्य गर्दछन।

त्यस्तै, महाराष्ट्रमा पनि देवीको पुजा आराधना गरेर मनाइन्छ।

कश्मीरका अल्पसंख्यक हिन्दूले नवरात्रि मनाउँछन्। परिवारका सबै वयस्क नौ दिनसम्म पानी खाएर उपवास बस्छन्। नौ भक्तजनरू नवरात्रीभर माता भवानीको दर्शन गर्न जान्छन्। नवरात्रीमा तालको बीचमा रहेको एउटा माता भवानीको मन्दिरमा दर्शन गर्न जानेको भीड उल्लेख्य देखिन्छ।

भारतबाहेक वंगलादेश बर्मा, भुटान, श्रीलंका र इन्डोनेसियामा पनि दसैं मनाइन्छ। मनाउने शैलीे केही फरक भए पनि अधिकांशले नवदुर्गाको पुजा आरधना गर्छन्।

करिब १ लाख नेपालभाषी रहेको बर्मामा पनि दसै मनाइन्छ। नेपालभाषीको बाहुल्यता रहेको पूर्वराजधानी सहर यांगुन, मन्डला पिन यु एलवीन, मोगोक, तमु, कलामयो, ताउनगीमा दसैं मनाइन्छ।

वर्मापछि वंगलादेशमा पनि दसैं मनाइन्छ। १६ करोड जनसंख्या भएको वंगलादेशमा १४ प्रतिशत हिन्दु धर्मालम्बी छन्। त्यहाँ भएका हिन्दु धर्मालम्बीले नवदुर्गाको पुजा आरधना गर्छन्। वंगलादेश बस्ने नेपालीबाहेक अन्यले भने टिका लगाउँदैनन्।

त्यस्तै बौद्ध धर्मालम्बीहरूको बाहुल्यता रहेको श्रीलंकामा पनि हिन्दुहरूले दसैं मनाउँछन्।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ७ : ४४ बजे

कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक

झापामा मकै उत्पादनमा ह्रास

झापा– धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकैखेतीको उत्पादनमा यस

नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति अर्थ समितिको गम्भीर ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति

मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान  कुसंस्कारले

युरोपमा तीव्र गर्मीको लहर, ९ करोड ५० लाखभन्दा बढी प्रभावित

पेरिस- युरोपमा यस वर्षको ग्रीष्मयाम सुरु भएसँगै देखिएको तीव्र गर्मीको लहरका