नुहाउन गएका बाबु-छोरा बेपत्ता « Khabarhub

नुहाउन गएका बाबु-छोरा बेपत्ता


१८ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का– सङ्खुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङटारस्थित सभाखोलामा नुहाउन गएका बाबु-छोरा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खाँदबारी-७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार दुवैजना सोमबार दिउँसो आफ्नै गाडी लिएर सभाखोला गएका थिए । उनीहरू घर नफर्किएपछि आज आफन्तले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता बाबु-छोराको खोजी भइरहेको गोदारले बताए । प्रदेश १-०२-००२ च ५९२० नम्बरको जिप, कपडा, जुत्ता, मोबाइल, साबुनलगायत सामग्री सभाखोला किनारमा भेटिएको प्रहरीले जनाएको छ । 

बेपत्ताको खोजी गर्न दुई प्रहरी निरीक्षकको नेतृत्वमा विभिन्न स्थानमा प्रहरी टोली परिचालन गरिएको गोदारले बताए । बेपत्ता तारानाथ अरुण तेस्रो आयोजनामा सवारी चालकको रुपमा कार्यरत थिए । 

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  २ : ३३ बजे

एनपीएल : लुम्बिनी र चितवन भिड्दै, कसको शक्ति कति ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार

अन्तर्राष्ट्रिय गाजा सुरक्षा बलमा सामेल हुन यमनलाई अमेरिकाको आग्रह

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाको एक हिस्साका

रूसी आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

युक्रेन – पश्चिमी युक्रेनको टेर्नोपिल शहरमा बुधबार रुसी आक्रमणमा तीन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर ४ गते बुधबार। मंसिर