नहर आसपास फेरि घर–टहरा बनाउने क्रम बढ्दो | Khabarhub Khabarhub

नहर आसपास फेरि घर–टहरा बनाउने क्रम बढ्दो


१८ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सुनसरी–मोरङ सिँचाइ आयोजनाको चतरा नहरआसपास फेरि घर–टहरा बनाउने क्रम बढ्न थालेको छ । सात वर्षअघि नियमनकारी निकायले घर–टहरा हटाएर केही वर्ष रोकिएकामा फेरि बनाउने क्रम बढेको हो ।

विसं २०७२ मा सुनसरी बराह क्षेत्रको चतरादेखि नहर पुग्ने अन्तिम स्थान मोरङको बाहुनीसम्मको क्षेत्रमा पाँच हजार पाँच सय हाराहारी घर–टहरा भत्काइएका थिए । घर–टहरा हटाउन आयोजनाले पटक पटक सूचना गर्दा पनि अटेर गरेपछि अन्तिममा सुरक्षाकर्मी परिचालन गरी डोजर लगाएर घर–टहरा भत्काइएको थियो ।

तर पछिल्लो समय फेरि अतिक्रमित जमिन खाली गराउन पहल नहुँदा घर–टहरा बनिरहेका छन् । सुनसरीको चतराबाट नहर पुग्ने मोरङको बाहुनीसम्म ५३ किलोमिटर आसपास घर–टहरा बनाउने क्रम नरोकिँदा नहर साँघुरिँदै गएको छ ।

दुई वर्षयता रामधुनीको झुम्काबजारदेखि उत्तर–दक्षिण दुवैतर्फ नहर आसपास घरटहरा बनाउने क्रम बढ्दै गएको छ । मोरङको बूढीगङ्गा गाउँपालिकादेखि बाहुनीसम्म पनि ठाउँठाउँमा घर–टहरा बनाइएका छन् ।

सुनसरी–मोरङ सिँचाइ आयोजनाले नहरको आसपासमा कुनै प्रकारको अतिक्रमित गतिविधि नगर्न पटकपटक सार्वजनिक सूचना नै जारी गर्ने गरेको छ । तर सिँचाइ आयोजनाको आग्रहलाई अटेर गर्दै नहर आसपास मनोमानी घर–टहरा बनिरहेका छन् ।

सुनसरीको रामधुनी र इटहरीको खनार क्षेत्रमा जथाभावी घर–टहरा बनाउने क्रम तीव्र बनेको छ । कतिपय सङ्घसंस्थाको अगुवाइमा शौचालय र सिँचाइकै जग्गामा भवनसमेत निर्माण गरिएको छ ।

बसोबास गर्ने क्रममा अन्यत्र बस्ने दरिलो आधार नभएपछि बाध्य भएर नहर आसपासका जग्गामा बस्नु परेको स्थानीयवासीले बताएका छन् । उनीहरुले सुनसरी मोरङ सिँचाइ आयोजनाले सूचना निकालेर हट्न आग्रह गरे पनि उपाय नभएपछि बस्नु परेको बताएका छन् ।

रामधुनी नगरपालिका–१ का वडाध्यक्ष महेशकुमार चौधरीले बजारको बीचबाट नहर बगेकाले बजार नै कुरूप बन्दै गएको र नहर अतिक्रमणको चपेटामा परेको बताए।

नहर आसपास बसोबास गर्नेलाई ऐलानी जग्गाको पहिचान गरी सार्ने योजना रहेको इटहरी–१६ का वडाध्यक्ष तेजनारायण चौधरीले बताए ।

अन्न उत्पादनका लागि सुनसरी र मोरङ पूर्वकै उर्वरभूमि मानिन्छन् । नहर दिनानुदिन साँघुरिएकाले खाद्यान्न उत्पादनमा कमी आउने गर्छ । चतरा नहरले सुनसरी–मोरङको एक लाख दुई हजार बिघा खेतीलाई सिञ्चित गर्ने गर्छ । नहर विसं १९६७ मा बनाइएको हो ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ७ : ५२ बजे

हराएका हतियार खोज्दै प्रहरी

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ‘जेन-जी पुस्ता’ले गरेको आन्दोलनका क्रममा

गृहमन्त्रीको निर्णय : जेन-जी आन्दोलनमा मृतकका परिवारलाई जनही एक लाख किरिया खर्च

काठमाडौँ- गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारमा पदबहाली गरेका छन्

बेलायती भ्लगरले खिचेको भिडियो कसरी गायब भयो ?

काठमाडौँ– जेन-जी आन्दोलनले देशभर मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै ध्यान खिचेको बेला

 देशभर डेंगु संक्रमितको संख्या ४३ सय नाघ्यो 

काठमाडौं– पछिल्लो एक सातामा देशभर २ सय ३९ जनामा डेंगुको

नवनियुक्त तीन मन्त्रीलाई बधाई दिँदै एमाले नेता बस्नेतले उठाए तीन प्रश्न

काठमाडौँ– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा नियुक्त तीन मन्त्रीलाई नेकपा