सुन्दरबजार नगरपालिकामा आज सार्वजनिक बिदा « Khabarhub

सुन्दरबजार नगरपालिकामा आज सार्वजनिक बिदा


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा आज नगरपालिकाभर सार्वजनिक बिदा दिएको छ।

नगरपालिकाले एक सूचना जारी गरी हरिबोधिनी एकादशीका दिन नगरपालिका कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा मातहतका संघ संस्थामरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ।

नगर कार्यपालिकाको छैटौं बैठकले उक्त बिदा दिने निर्णय गरेको हो। सुन्दरबजार नगरपालिका-७ पाउँदी स्थित कर्मदा नदीका शिवजी मन्दिरमा एकादशी मेला लाग्ने गर्दछ।

एकादशी मेला भर्नको लागि पाउँदीमा ठूलो भीड लाग्ने हुँदा यस क्षेत्रका कार्यालय, विद्यालय र संघसंस्थाहरु प्रभावित बन्दै आएका थिए। पाउँदीस्थित मर्स्याङ्दी किनारमा मेला भर्ने भक्तजनहरुको भीड लाग्ने गर्दछ भने फूलको डोली तार्न गाउँबाट भक्तजनहरु पाउँदी घाटमा नुहाउन आउने गर्दछन्।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ८ : ०८ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको