हरिबोधनीमा खोटाङका तीन पालिकामा बिदा | Khabarhub Khabarhub

हरिबोधनीमा खोटाङका तीन पालिकामा बिदा


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खोटाङ – हरिबोधनी एकादशीको दिन खोटाङका तीन स्थानीय तहले सार्वजनिक विदा दिएका छन्। हरिबोधनी एकादशीको दिन विभिन्न स्थानीय धार्मिक स्थलमा लाग्ने धार्मिक मेलाका लागि बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र रावाबेँसी गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएका हुन्।

बराहपोखरी गाउँपालिका–१ बराहपोखरी शंखेश्वरस्थित बराहपोखरीमा हरिबोधनी एकादशी (तुलसी विवाह)का दिन र सोको अघिल्लो दिन तिर्थाटन र मेला भर्नका लागि बराहपोखरी गाउँपालिकाले बिहिबार र शुक्रबार सार्वजनिक विदा दिएको हो। बराहपोखरी गाउँपालिकाले गत कात्तिक ३ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार हरिबोधनी एकादशीका लागि दुई दिन सार्वजनिक विदा दिएको जनाएको छ।

बराहपोखरीमा जिल्ला भित्र तथा वाहिरबाट हजारौँ दर्शनार्थी आउने गरेका छन्। बराहपोखरीमा विशेषगरी दिवङ्गत आफन्तको नाममा सतबीज छर्ने, धामीझाँक्री र दर्शन गर्नेको भीड लाग्ने गरेको छ। चारैतिर घना जङ्गलले घेरिएको ३३० मिटर लम्बाई र २१० मिटर चौडाई क्षेत्रफलमा फैलिएको प्राकृतिक रुपले बनेको बराहपोखरीमा संसरकारकै दूर्लभ मानिएको रातो माछा समेत पाइन्छ।

हरिबोधनी एकादशीकाबेला बराहपोखरीमा ढोल ढ्यांग्रो बजाउँदै सयौंको संख्यामा धामी झाँक्रीको टोली आउने गरेका छन्। चिताएको पुग्ने बिश्वासमा बराहपोखरीमा हरिबोधनी एकादशीका दिन दुई हजारभन्दा बढि जोडी परेवा उडाउने प्रचलन छ।

बराहपोखरी र होङमा पोखरीमा लाग्ने धार्मिक मेलाकै लागि जन्तेढुंगा गाउँपालिकाले शुक्रबार सार्वजनिक विदा दिएको छ। बराहपोखरी पुगेर फर्किएका धामी तथा उनीहरुका आफन्तले समेत होङमा पोखरीमा पुजाआजा गर्ने गरेका छन्। होङमा पोखरी जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा पर्छ।

दुधकोसी किनारमा लाग्ने हरिबोधनी एकादशी मेलाका लागि रावाबेँसी गाउँपालिकाले पनि विदा दिएको छ। रावाबेँसी गाउँपालिक–३ लामीडाँडामा पर्ने रभुवामा लाग्ने मेलालाई जिल्लामा ऐतिहासिक मान्ने गरिन्छ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ९ : ३३ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं