वडा सदस्यको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा  « Khabarhub

वडा सदस्यको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा 


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

खोटाङ – वडा सदस्यको निधनमा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका वडा सदस्य पदमकुमारी नेपालीको निधनमा गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको हो । दाँत दुख्ने समस्याले गिजा पाकेपछि सिकिस्त भएकी वडा सदस्य नेपालीको बुधबार राति सुनसरीमा निधन भएको थियो ।

नेपालीको निधनपछि बिहीबारको गाउँ कार्यपालिकाको निर्णय अनुसार गाउँपालिका मातहतका सरकारी कार्यालय तथा विद्यालयमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ९ : ४२ बजे

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ