माल्टामा डेंगुले नेपाली युवतीको निधन « Khabarhub

माल्टामा डेंगुले नेपाली युवतीको निधन


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – डेंगु संक्रमणबाट युरोपियन मुलुक माल्टामा एक नेपाली युवतीको निधन भएको छ।

रोजगारीको लागि एक महिनाअघि मात्र माल्टा पुगेकी इलाम कन्यामकी बिनिता ढुंगेलको उपचारकै क्रममा निधन भएको हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाका अध्यक्ष भुवन अर्यालका अनुसार बिनिताको शुक्रबार बिहान स्थानीय समयअनुसार साढे ४ बजे निधन भएको हो।

माल्टा पुगेको भोलिपल्टै बिनिताको स्वास्थ्यमा समस्या देखिएपछि चेकजाँच गर्दा डेंगुको संक्रमण पुष्टि भएको थियो। उनको माल्टाको सरकारी अस्पतालमा उपचार भइरहेको थियो।

अध्यक्ष अर्यालका अनुसार बिनिताको बिमा नभएकोले अस्पतालमा ३० हजार युरो बिल उठेको छ।

बिनिताले कम्पनीमा काम पनि सुरु गरिनसकेको अवस्थामा रोजगारदाताले उपचार खर्च तिर्छ/ तिर्दैन यकिन भइसकेको छैन। यद्यपि कम्पनी व्यवस्थापनले उनको निधनप्रति दुः ख व्यक्त गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएको अर्यालको भनाइ छ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १० : ५९ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको