उम्मेदवारी कायम भएपछि तोसिमा कार्कीको प्रचारप्रसार तीव्र  « Khabarhub

उम्मेदवारी कायम भएपछि तोसिमा कार्कीको प्रचारप्रसार तीव्र 


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतले तत्काल उम्मेदवारी खारेज नगर्न आदेश दिएपछि ललितपुर–३ बाट प्रतिनिधिसभाा सदस्यका लागि उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले प्रचारप्रसार तीव्र बनाएकी छन्।

उनको उम्मेदवारी खारेजीमा माग गरेर परेको रिटमा गत मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको थियो। अदालतले उम्मेदवारी खारेज गर्नुपर्ने कारणबारे आयोगसँग लिखित जवाफ समेत मागेको छ।

अदालतको उक्त आदेशपछि उम्मेदवार कार्कीले प्रचारप्रसारमा तीव्रता दिएकी हुन्। आफूले जित्ने भएपछि षड्यन्त्र गरिएको र त्यसलाई न्यायालयले रोकेको बताउने उनी आफू निर्वाचित हुने दाबी गर्छिन्।

ललितपुर–३ बाट सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी पम्फा भुसालसहितका उम्मेदवारसँग प्रतिस्पर्धामा उत्रिएका कार्कीले घरदैलो कार्यक्रममा मतदाताले देखाएको माया र सद्भावले उत्साहित भएको बताएकी छन्।

अदालतको आदेशपछि उनी घरदैलोसहितका कार्यक्रममा सक्रिय भएकी छन्। घण्टी चुनाव चिह्न लिएर मैदानमा उत्रिएकी उनी ‘स्वस्थ नेपाली सुखी नेपाली’ नारा लिएर मतदाताकोमा पुगेकी छन्।

रवि लामिछाने नेतृत्वको सो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, गैरराजनीतिक व्यक्ति राष्ट्रपति, संवैधानिक परिषद् खारेजलगायतका विषय समेटेर बिहीबार वाचापत्र सार्वजनिक गरेको थियो।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ११ : ५१ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको