छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु  « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु 


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-२९ अनामनगरमा प्रदेश नम्बर ३-०२-००८ प ३६१७ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा अनामनगर बस्ने ३२ वर्षीया आस्था सुब्बा रहेकी छन् । उनको बिहीबार साँझ मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको काठमाडौं मोडल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।  

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमी हलेसीमार्टस्थित सडकमा बाग्मती प्रदेश-०२-०३७ प १८५२ नम्बरको मोटरसाइकल र बागमती ए एए २६८७ नम्बरको स्कुटर बिहीबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार धादिङ गजुरी गाँउपालिका-७ घर भई हाल काठमाडौं नयाँबजार बस्ने १७ वर्षीया आयुषा सुवेदी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेपाल कोरिया मैत्री अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य २ जनाको बि एण्ड बि अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको कालिका नगरपालिका-७ गैडाखोलास्थित सडकमा ना. ३ च ७१७८ नम्बरको बलेरोको ठक्करबाट सोही ठाउँ बस्ने ४९ वर्षीय मीन बहादुर विश्वकर्माको गएराति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका बलेरो चालकको प्रहरीले खोजी गरिरहेको छ । 

पर्साको वीरगन्ज महानगरपालिका-२५ आईसीपी गेटभित्र २ नम्बर गेटको पार्किङ एरियामा एल ०१ एडी ४७३८ नम्बरको कन्टेनरको ठक्करबाट भारत बिहार जिल्ला गोपाल गंज थाना बरैली बस्ने ३० वर्षीय अशोक यादवको बिहीबार साँझ मृत्यु भएको छ ।

 दुर्घटनामा गम्भीर घाइते भएका उनको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । कन्टेनर चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १२ : ३४ बजे

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित चार जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान